दाङमा बस र टिप्पर एक आपसमा ठोक्कीदा ६ जना घाईते

शिवु खनाल
दाङ, ११ जेठ | पूर्व पश्चिम राजमार्ग अन्र्तगत दाङ र कपिलबस्तु सिमा क्षेत्र नजिकै बस र टिप्पर एक आपसमा ठोक्कीदा ६ जना घाईते भएका छन् । काठमाण्डाँै देखि दाङ आउदै गरेको ना ६ ख ४७६० नम्बरको बस र पश्चिमबाट पूर्व तर्फ जदौ गरेको लु १ ख ४२८१ नम्बरको टिप्पर विहान ७ बजे कपिलबस्तु नजिकै एक आपसमा ठोक्कीदा टिप्पर चालक सहित बसमा सवार ६ जना यात्रुहरु घाईते भएको कपिलबस्तु जिल्ला प्रहरी प्रमुख देवेन्द्र पाण्डेले जानकारी दिनुभयो ।

Buddha International Hospital
Advertise with us


दुर्घटनामा परि दाङको घोराही उप–माहानगरपालिका वडा नम्बर १० बस्ने वर्ष १९ की मनिसा आचार्य, दाङको तुलसीपुर उप–माहानगरपालिका वडा नम्बर १४ निवासी वर्ष २७ को सुवित देवकोटा, रोल्पा रुम्तीगढी गाउँपालिका बस्ने वर्ष १८ की शान्ता नेपाली, रुपन्देही सैनामैना ११ निवासी वर्ष ४५ को मदन चौधरी घाईते हुनु भएको छ भने दुई जना सामान्य उपचार पछि घर फर्किएको कपिलबस्तु जिल्ला प्रहरी प्रमुख देवेन्द्र पाण्डेले जानकारी दिनुभयो ।

टिप्पर चालकलाई उपचारको लागि बुटलव रिफर गरिएको छ भने अन्य तिन जना घाईतेको कोहलपुर मेडिकल कलेजमा उपचार भैरहेको प्रहरी पाण्डेले जानकारी दिनुभयो ।