घोराहीमा नमूना हाटबजारको शिलन्यास

घोराही,  जेठ |घोराही उपमहानगरपालिका वडा नम्बर १५ स्थित घरेलु शिल्पकलाको जग्गामा नमूना हाटबजार बनाउन सुरुभएको छ । प्रदेश ५ सरकारको ५७ लाख रुपैयाँको लगानीमा घरेलु शिल्पकलाका करिब १३ कठ्ठा जग्गामा नमूना हाटबजार बनाउन थालिएको हो ।

Buddha International Hospital

Advertise with us

हाट बजार निर्माणका लागि बन्ने भौतिक संरचनाको आज वडा अध्यक्ष रमेशकुमार पाण्डेले शिलन्यास गर्नुभएको छ । उक्त हाट बजारमा तरकारी, मासु तथा माछा पसलहरू सञ्चालन गरिने भएको छ । हाट बजारका लागि २८ वटा सटर बन्ने छन् । यस अघि बजार क्षेत्रमा सडक भरी छरिएर व्यापार गर्दै आएका तरकारी, माछा व्यवसायीहरुलाई अस्थायीरुपमा उक्त स्थानमा व्यवस्थापन गरिएको थियो ।

हाट बजारका लागि आगामी असार मसान्त सम्म आबस्यक संरचनाहरु बनि सक्ने गरी काम सुरु गरिएको निर्माण समितिका अध्यक्ष केशव ढकालले जानकारी दिनुभयो ।

Advertise with us