दंगिशरण गाँउपालिका युवा मैत्री उन्मुख


तुलसीपुर, ११ जेठ ।
दाङको दंगिशरण गाँउपालिका युवा मैत्री उन्मुुख देखिएको छ । राष्ट्रिय युवा परिषद्ले गरेको पाँच सुचकको आधारमा दंगिशरण गाँउपालिका युवा मैत्री उन्मुख देखिएको हो ।

Advertise with us

परिषदले गरेको शिक्षा, स्वास्थ्य, उद्यमशिलता तथा रोजगारी, युवा सहभागीता र नेतृत्व विकास र खेलकुद तथा मनोरन्जनको सुचकमा ५२ अंक प्राप्त गरी गाँउपालिका युवामैत्री उन्मुख भएको हो ।

Buddha International Hospital

नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत राष्ट्रिय युवा परिषदले पाँच सुचक तथा मापन विधिको आधारमा ८० अंक भन्दा बढी अंक प्राप्त गर्ने स्थानीय तहल युवामैत्री स्थानीय तह घोषणा गर्ने गरेको छ । तोकिएको मापदण्ड पाँच सुचकमा शुन्यदेखि ४० अंक सम्म प्राप्त गर्ने स्थानीय तहले निकै सुधार गर्नुपर्ने, ४० देखि ६० अंक प्राप्त गर्ने स्थानीय तहले युवामैत्री उन्मुख, ६० देखि ८० अंक प्राप्त गर्ने स्थानीय तह युवामैत्री निकट र ८० अंक भन्दा माथी अंक प्राप्त गर्ने स्थानीय तहलाई युवामैत्री स्थानीय तह घोषणा गरिने राष्ट्रिय युवा परिषदका उपसचिव कमला ज्ञावालीले बताईन् ।

युवामैत्री गाँउपालिका निर्माणका लागि परिषदले शुक्रबार गाँउपालिकामा गरेको मापनमा गाँउपालिकाले शिक्षामा ११ दशमलव ५, स्वास्थ्यमा १३ , उद्यमशिलता र रोजगारीमा ६ , सहभागिता र नेतृत्व विकासमा १४ र खेलकुद तथा मनोरन्जनमा ७ दशमलव ५ अंक गरी ५२ अंक प्राप्त गरेको राष्ट्रिय युवा परिषद दाङका अध्यक्ष सुरेस रावतले जानकारी दिए । दंगिशरण गाउपालिकाले युवाको क्षेत्रमा ५२ अंक प्राप्त गरेकाले युवामैत्री उन्मुख देखिएको उनले बताए ।

गाँउपालिकालाई युवा मैत्री घोषणाका लागि खेलकुद तथा मनोरन्जनको अंक सुधार गर्नुपर्ने उनले बताए । ‘गाउपालिकाले युवाको खेलकुद तथा मनोरन्जन क्षेत्रमा कम लगानी गरेको पाइएको छ, सुचक अंकलाई बढाउन निशर्त लगानी बढाउनुपर्ने देखिन्छ उनले भने ।

यसैबीच शुक्रबार गाँउपालिकामा गाँउपालिकाका अध्यक्ष उपाध्यक्ष सहित नमुना युवा संसदका युवा, वडाका प्रमुख तथा प्रतिनिधि र युवा संजालका युवालाई अभिमुखिकरण गरिएको छ । गाँउपालिका अध्यक्ष भागिराम चौधरीको अध्यक्षता अभिमुखिकरण कार्यक्रम गरिएको हो । कार्यक्रममा गाँउपालिका भित्रका करिब ४५जना युवाको सहभागीता रहेको थियो । अभिमुखिकरणको प्रशिक्षणमा नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत राष्ट्रिय युवा परिषदका उपसचिव कमला ज्ञवाली रहेकी थिइन् । कार्यक्रमको सहजीकरण युवा परिषद दाङका अध्यक्ष शुरेस रावतले गरेका थिए ।।