छोटो समयमा धेरै प्रगती गरेको कम्पनी हो, युनियन लाईफ ईन्स्योरेन्स

दाङ, जेठ १० । विमा कम्पनीहरुको पृथक र लोकप्रिय कार्यक्रमहरु लिएर आएको युनियन लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडले छोटो समयमै ठुलो सफलता हात पारेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लालकर्णले दाङको घोराहीमा पत्रकारसँग कुरा गर्दै चालु आर्थिक वर्षको पौष महिनासम्म एक अर्व ६ करोड रुपैँया बराबर विमा संकलन भएको बताउनुभयो ।

चालु आर्थिक वर्षको पौषमहिना सम्ममा संकलन भएको विमा रकम आश्चर्यजनक रहेको बताउनुभयो । २०७४ साल असोज ४ गतेदेखि कारोबार सुरु गरेको युनियन लाईफ ईन्स्योरेन्स कम्पनीले पहिलो वर्ष ८६ करोड संकलन गरेको थियो । उहाँले जीवन विमा व्यवसायको माध्यमबाट देशभर छरिएर रहेको आर्थिक स्रोत र साधनलाई जीवन विमा शुल्कको रुपमा संकलन गरेर देशको आर्थिक विकासमा सहयोग पु¥याउने र नेपालीहरुको आर्थिक जीवनस्तर उकास्ने लक्ष्य अनुसार युनियन लाईफ ईन्स्योरेन्स स्थापना गरेको बताउनुभयो ।

Buddha International Hospital

कम्पनीमा प्रतिष्ठित उद्योगपति, ब्यापारी, समाजसेवीहरु आवद्ध रहेको लालकर्णले बताउनुभयो । उहाँले जगदम्बा समुह, गोल्छा समुह, गाडिया समूह, न्यौपाने समूह, राजेश हार्डवेयर तथा टिवेडेवाल समूहहरु आवद्ध रहेको जानकारी दिनुभयो । करिव दुई वर्षको अवधिमा देशभर १ सय ५० वटा शाखाहरु स्थापना भैसकेको र अझै १० देखि १५ वटा शाखाहरु सञ्चालनमा आउने लालकर्णले बताउनुभयो ।

Advertise with us

अहिले कम्पनीले सिमित भुक्तानी सावधिक जीवन विमा योजना, अग्रिम भुक्तानी तथा आजीवन जीवन विमा योजना, बालबच्चा सावधिक जीवन विमा योजनाको साथै सावधिक तथा जीवन विमा योजना, सावधिक जीवन विमा योजना र सामुहिक एक वर्षे नवीकरण म्यादी जीवन विमा योजना समेत रहेको बताउनुभयो ।

साथै नेपालको विमाको अबस्था, यसको महत्व र युनियन लाईफ ईन्स्योरेन्स कम्पनीको विषयमा पत्रकारहरु संग छलफल समेत भएको थियो । पत्रकार सम्मेलनमा क्षेत्रीय संयोजक नारायण पंगेनीको समेत उपस्थिती रहेको थियो भने कार्यक्रमको सहजीकरण दाङ शाखा म्यानेजर साजिदा सिद्धिकीले गर्नुभएको थियो ।

Advertise with us