भारतका विभिन्न कलेजमा अध्ययनका लागि दाङबाटै प्रक्रिया

Advertise with us

दाङ, जेठ १० । दाङको शिक्षा क्षेत्रलाई थप व्यवस्थित र विस्तार गर्ने उदेश्यले ईन्नोभेटिभ रिसर्च एण्ड एजुकेशनल सर्विसेज प्राली सञ्चालनमा आएको छ । दाङ जिल्ला र आसपासका क्षेत्रमा शिक्षा तथा अनुसन्धान सम्बन्धी कार्य गर्ने उदेश्यले ईन्नोभेटिभरिसर्च एण्ड एजुकेशनल सर्विसेज सञ्चालन गरिएको सञ्चालक हेमन्त धितालले बताउनुभयो ।

Buddha International Hospital

घोराहीमा पत्रकार सम्मेलन गरेर धितालले शैक्षिक परामर्श गर्ने, अनुसन्धानमा आधारित लेखहरु लेखन तथा प्रकाशनमा सहयोग गर्ने, ब्यक्तित्व विकासका कार्यक्रमहरु सञ्चालन गर्ने, शिपमुलक कार्यक्रमहरु सञ्चालन गर्ने र तयारी कक्षाहरु जस्तै लोकसेवा, विभिन्न भाषा तथा टूसनका कक्षाहरु सञ्चालन गर्ने उदेश्यले संस्था सञ्चालन गरिएको बताउनुभयो ।

Advertise with us

भारतका विभिन्न कलेजहरुमा अध्ययन गर्ने चाहने विद्यार्थीहरुको लागि ईन्नोभेटिभरिसर्च एण्ड एजुकेशनल सर्विसेज प्रालीले परामर्श गर्ने सञ्चालक धितालले बताउनुभयो । ‘अहिले पनि भारतका विभिन्न कलेजहरुमा अध्ययन गर्ने दाङका धेरै हुनुहुन्छ, र भोलीका दिनहरुमा पनि धेरै विद्यार्थीहरु भारतका कलेजहरुमा जान चाहनु भयो भने हामीले व्यवस्थापन गर्छौ ।’ धितालले भन्नुभयो, ‘हिजोसम्म काठमाण्डौबाट जाँदा मंहगो पथ्र्यो भने अब दाङबाटै सबै प्रक्रिया मिलाउछौँ ।’

भर्ना र बैंकको सम्पुर्ण कारोबार दाङबाटै हुने र पहिलो पटक विद्यार्थीहरुलाई सम्बन्धीत कलेजमा पु¥याउन आफै जाने भएकाले कुनै समस्या नहुने सञ्चालन धितालले बताउनुभयो । यस्तै कुनै महत्वपुर्ण विषयमा अध्ययन तथा अनुसन्धान गरेर आर्टिकलहरु लेख्नको लागि सहयोग गर्ने र प्रकाशनका लागि समेत विभिन्न देशबाट प्रकाशन हुने जर्नलहरुमा वाताबरण मिलाउने उहाँले बताउनुभयो ।

कम्पनी ऐन २०६३ अन्र्तगत कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएर सञ्चालनमा आएको ईन्नोभेटिभरिसर्च एण्ड एजुकेशनल सर्विसेज प्रालीले सामाजिक सेवाका गतिविधिहरु पनि गर्ने उहाँले बताउनुभयो । यसैविच संस्थाकै आयोजनामा घोराही उपमहानगरपालिका वडा नं. १२ स्थित मावि हापुर विजौरीमा निःशुल्क रगत परिक्षण शिविर सञ्चालन गरिएको छ ।