अब हरेक शनिबार, मुनलिट रेष्टुरेन्टमा लाईभ म्युजिक

दाङ, जेठ १० । शनिबारको दिन । के तपाई पारिवारीक बातबरणमा गीतसंगीतको सुमधुर आवाजमा खानपिन कार्यक्रममा सहभागी हुन चाहनु हुन्छ ? यदि त्यसो हो भने दाङको घोराही काठेकोहोल स्थित मुनलिट रेष्टुरेन्ट तथा बारले अब प्रत्येक शनिबार लाईभ म्युजिक कार्यक्रम आयोजना गर्ने भएको छ ।

दाङको घोराहीमा पछिल्लो पटक सञ्चालनमा आएको मुनलिट रेष्टुरेन्टले प्रत्येक शनिबार लाईभ म्यूजिक कार्यक्रम आयोजना गर्ने भएको छ । पछिल्लो पटक सञ्चालनमा आएर चर्चामा रहेको घोराही १५ काठेकोहोल नजिकैको मुनलिट रेष्टुरेन्टले अब प्रत्येक शनिबार लाईभ म्युजिक कार्यक्रम गर्ने भएको हो ।

Blog Post Ad

शनिबारको छुट्टिको दिन बेलुकाको समयमा आफुलाई मन पर्ने परिकारको साथमा प्रत्यक्ष गीतसंगीत सुन्ने अबसर ग्राहकहरुलाई प्रदान गर्न गालेको सञ्चालक पुरण बुढा मगरले बताउनुभयो । ‘अहिले रेष्टुरेन्टहरुले लाईभ म्युजिक कार्यक्रमलाई बढवा दिईरहेका छन्, तर त्यति राम्रो हुन सकेको छैन ।’ सञ्चालन बुढा मगरले भन्नुभयो, ‘हामीले यस अगाडी पनि कार्यक्रम राखेका थियौँ, तर अब प्रत्येक शनिबार लाईभ म्युजिक कार्यक्रम हुन्छ ।’

Blog Post Ad

लाईभ म्युजिक कार्यक्रमको लागि घोराहीको चर्चित ब्याण्ड द न्यु डेसँग सम्झौता भएको रेष्टुरेन्टले बताएको छ । शनिबारको दिन परिकारहरुमा १० देखि १५ प्रतिशत छुटको व्यवस्था समेत गरेको सञ्चालक बुढा मगरले बताउनुभयो । साथै उहाँले लाईभ कुकिङ पनि हुने उहाँको भनाई छ ।

लोकप्रिय गीतसंगितले ग्राहकहरुलाई भरपुर मनोरन्जन दिने द न्यु डे का गायक केसवसिंह ठकुरीले बताउनुभयो । ब्यान्डमा ३ जना कलाकार छन् । पार्किङको सुविधा रहेको र वारिवारीक बाताबरणमा सञ्चालनमा भैरहेको मनुलिट रेष्टुरेन्टले ग्राहकहरुको मन जित्ने क्रममा हरेक शनिबार लाईभ म्युजिक कार्यक्रमको आयोजना गर्न सुरु गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *