दाङमा ओभरलोड नियमन गर्न सडक डिभिजनको पत्राचार


रीता लामा
घोराही, १० जेठ । बहुआयामिक महोत्वकाक्षां बोकेको मदनभण्डारी लोकमार्ग अहिले निर्माणको क्रममा छ । सडक डिभिजन र निर्माण व्यवसायीका अनुसार लोकमार्गको सम्पुर्ण काम सकिएको छ भने अव कालोपत्रेको सुरुवात हुदैछ ।

Advertise with us


प्युठान–दाङ–सुर्खेत जोड्ने उक्त सडकको घोराही, हर्नक मर्कुटी खण्डमा पर्ने ३६ किलोमिटर सडक कालोपत्रेको तयारीमा भए पनि सोही सडक मार्फत सिमेन्ट उद्योगसम्म आउने ठुला सवारीले अत्यधिक ओभरलोड बोक्दा समस्या भएको छ ।

Buddha International Hospital


उक्त सडकमा चल्ने सवारी साधनले अत्यधिक ओभरलोड बोकेर बाटो विग्रिए पछि समस्या भएको सडक डिभिजन कार्यालयले जनाएको छ । कालोपत्रे पछि पनि ओभरलोड यस्तै रहिरहे बाटो झन विग्रिने, पक्की बाटोको आयु नरहने भन्दै सडक डिभिजन कार्यालय दाङले विहिवार जिल्लाका सबै सरोकारवाला निकायलाई पत्राचार गरेको छ ।


मदन भण्डारी लोकमार्ग हेरिरहेका सडक डिभिजन कार्यालयका इन्जिनियर लिलाबहादुर भण्डारीले जिल्लाका सबै सरोकारवालाहरुलाई पत्राचार गरेर ओभरलोड नियम गर्न आग्रह गरेका छन् । इन्जिनिएर भण्डारीले ओभरलोड घटाउनको लागि जिल्ला प्रसासन कार्यालय, घोराही उपमहानगरपालिका, जिल्ला प्रहरी कार्यालय, यातायात व्यवस्था कार्यालय, बंगलाचुली गाउँपालिका, जिल्ला ट्राफिक कार्यालय, स्वर्गद्धारी टिप्पर व्यवसायी समिती, राप्ती अञ्चल ट्रक तथा टिप्पर व्यवसायी समिती, घोराही सिमेन्ट उद्योग र असारे टोल विकास संस्था घोराहीलाई एकै पटक पत्राचार गरेको जानकारी दिए ।


उनले सडकमा दैनिक दुइ सय बढी सवारी ओहोर दोहोर गर्ने हुदाँ सवारीको चाँप धान्नै मुस्किल भए पनि पत्राचार गर्नुपरेको बताए ।
जसमा अहिले घोराही देखि बंगलाचुलीसम्मको मदन भण्डारी लोकमार्गमा चल्ने ६ पाङ्ग्रे सवारीले अधिकतम १६ दशमलव २ टन बोक्नु पर्नेमा २५ टनसम्म बोकेको, १० पाङ्ग्रे अधिकतम २५ टन बोक्नुपर्नेमा ३४ टनसम्म बोकेकोप्रति ध्यानाकर्षण भएको जनाएको छ । ठुला सवारीले शुन्य देखि २० प्रतिशतसम्म मात्रै ओभरलोड बोके पनि सडकको आयु ५० प्रतिशत कम हुने सडक डिजिभनको भनाई छ ।

त्यहाँ चल्ने सवालीलाई ओभरलोडको सवालमा छिटो नियमन गर्न नसके बाटोको अवस्था छिटो विग्रेने र आयु घट्ने सडक भिडिजनको दावि छ । सडक डिभिजन कार्यालयले विभिन्न सरोकारवाला निकायलाई पठाएको पत्रमा भनिएको छ ‘यस सडकमा चल्ने टिप्पर तथा ट्रकबाट ओभरलोड सामान ढुवानी भैरहेको हुँदा कानुन र नियम बमोजिम ढुवानी गर्न पाउने नियमलाई लागु गरियोस् ।’ यस्तै अगाडी भनिएको छ ‘सडकमा ओभरलोड नियन्त्रण नभएमा उक्त खण्डमा गरिने कालोपत्रको आयु सिघ्र समाप्त भई राज्यले गरेको लगानी खेर निश्चित रहेको छ ।’

यसैगरी सवारी चले कालोपत्र गर्नुको कुनै अर्थ नदेखे पछि नियमनको लागि सबै निकायलाई सहयोग गरिएको इन्जिनियर भण्डारीले बताए । उनले ओभरलोड कै कारण जिल्लाका अन्य पक्की बाटो र पुलको अवस्था समेत दिनानुदिन नाजुक बन्दै गइरहेको बताए ।

मालवाहक सवारी साधनको भारवहन नियमन सम्बन्धी निर्देशिका, २०७४मा चार पाङ्ग्रा भएकाले अघिकतम १२ टन, ६ पाङ्ग्रा भएकाले १६, आठ पाङ्ग्रा भएका ठुला सवारीले २५ टन, १२ पाङ्ग्रा भएका सवारीले ३० टन, १४ पाङ्ग्रा भएका सवारीले ३१ र १८ पाङ्ग्रा भएका सवारीले ४० टनसम्म बोक्ने पाउने नियम छ ।

तर यस क्षेत्रमा चल्ने चार पाङ्ग्रे, ६ पाङ्ग्रे र आठ पाङ्ग्रे सवारीहरुले क्षमता भन्दा दोब्बर लोड बोकिरहेका छन् । घोराही सिमेन्ट उद्योगका चुन ढुङ्गा बोक्ने गाडी मात्रै नभएर अरु गिट्टी, बालुवा, ढुङ्गा र अरु मालवाह सवारीले पनि यसै गरी दोब्बर सामाग्री बोकिरहेको सडक डिभिजनको आरोप छ । जसको कारण यस क्षेत्रको कालोपत्र गरिएका सडक र पुलहरुको अवस्था समय अगाबै विग्रीने भत्किने भैरहेको छ ।

Advertise with us