अत्याधिक मदिरा सेवनबाट एक जनाको मृत्यु

Advertise with us

शिवु खनाल
देउखुरी, जेठ १० । दाङको लमहीमा एक जना पुरुषले अत्याधिक मदिरा सेवन गरेको हुनाले मृत्यु भएको छ । भारतको नयाँ दिल्ली देखि गुल्मी तर्फ जाँदै गर्दा दाङको लमही बजारमा अत्याधिक मदिरा सेवन गरेको हुनाले एक जना पुरुषको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ ।

Buddha International Hospital
Advertise with us

ज्यान गुमाउनेमा गुल्मी जिल्ला मुसिकोट गाउँपालिका वडा नम्बर ३ गोडक ६३ बर्षिय रामसिङ सुनार रहेका छन् । सुनार सङै रहेका उनका भान्जा गोकर्ण सुनारका अनुशार अत्याधिक मादक पदार्थ सेवन गरेको थिए।

बिगत एक बर्ष देखि भारतको दिल्लीमा रामसिङ कामदारको रुपमा काम गर्ने गरेका थिए। दिल्ली देखि गुल्मी जाँदै गर्दा बिहिबार बिहान लमही बजारमा चिया खान भनेर ओर्लिएका राम सिङको साढे ३ बजे तिर ज्यान गएको हो । सुनारको शवलाई वडा प्रहरी कार्यालय लमहीको पहलमा गुल्मी पठाउने तयारी भैरहेको निमित्त प्रमुख पुराण मल्लले जानकारी दिए ।