प्राकृतिक विपतबाट २६ को मृत्यु

दाङ, १० जेठ ।
दाङमा वितेको एक बर्षमा प्राकृतिक विपतबाट २६ जनाको मृत्युभएको छ । सवैभन्दा धेरै सर्पको टोकाईबाट मृत्युभएको देखिएको छ । जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रका अनुसार ६ जनाको मृत्यु भएको छ ।

त्यसैगरी करेण्ट लागेर पाँच जना, माटोको ढिस्कोले पुरिएर पाँच जनाको मृत्यु भएको छ । त्यस्तै आगलागीमा परि ४ जना, पानीमा डुवेर ४ जना र चट्याङका कारण २ जना गरि जम्मा २६ जनाको मृत्यु भएको हो ।

Buddha International Hospital
Advertise with us

जसमा १४ जना पुरुष र १२ जना महिलाहरु रहेका छन् । विपदमा परि ६ जना घाइते भएका थिए । यसैविच विपद्का कारण २ सय १५ घरपरिवारका ४ सय ६३ जना विस्तापित भएका छन् ।

हावाहुरीका कारण ६५, आगलागीका कारण ९१, बर्षाका कारण ५८ र चट्याङका कारण एक परिवार विस्तापित भएको केन्द्रका सूचना व्यवस्थापन अधिकारी खिलानाथ दाहालले जानकारी दिनुभएको छ ।विपदका कारण१२ करोड ७५ लाख १ हजार ५ सय ५० मुल्य बराबरको क्षती भएको छ ।।