योगप्रतिको आकर्षण बढ्दो

दैनिक १० हजार बढीले योगा गर्दै

 

Buddha International Hospital

जीतसागर जी.एम./

Advertise with us

तुलसीपुर, १० जेठ/

दाङमा पछिल्लो समय योगप्रति आर्कषण बढ्दै जान थालेको छ । योगाले शारीरिक संगै मानसिक रुपमा स्वस्थ बन्दै जान थालेपछि जिल्लामा योगप्रति आर्कषण बढ्दै जान थालेको हो । योगप्रति आर्कषण बढ्दै जान थालेपछि योग गर्नेहरु ग्रामिण स्तरमा फैलिन थालेको पतन्जली योग समिति दाङले जनाएको छ ।

योगका माध्यमबाट रोग, भोक र शोकबाट मुक्तहुन सक्ने पतन्जली योग समितिका प्रदेश प्रभारी प्रेम शाहले बताए । ‘योगले स्वस्थ समाजको निर्माण बन्दै गएको छ, निशुल्क रुपमा योग प्रशिक्षण दिने गरेका छौँ, विस्तारै ग्रामिण स्तरमा फैलिन थालेको छ —उनले भने ।

दाङका करिब १ सय ३६ ठाँउमा दैनिक करिब १० हजार बढीले योग गर्ने गरेको पतन्तजली योग समिति दाङले जनाएको छ । रोग ,भोक र शोकले अन्त्यका बिहान करिब २ घण्टा विभिन्न स्थानमा योग प्रशिक्षण कक्षा संचालन हुने गरेको छ दाङमा योगको शुरुवात विस २०६२ सालबाट शुरु भएको पतन्जली योग समिति दाङका अध्यक्ष उदय डाँगीले जानकारी दिए ।

यसैबीच तुलसीपुरमा बृहत योग विज्ञान शिबिर संचालन हुने भएको छ । योग गाँउ—गाँउमा फैलाएर नगरका नागरिकलाई स्वस्थ बनाउन बृहत योग विज्ञान शिबिर संचालन हुने भएको हो ।

तुलसीपुरको अरनिको मैदानमा यहि जेठ ११ गतेदेखि १५ गते सम्म बृहत योग विज्ञान शिविरको आयोजना गरिएको मुल आयोजक समितिका संयोजक टोपबहादुर केसीले जानकारी दिए । पाँच दिन सम्म संचालन हुने शिबिरमा करिब ४ हजार बढी योग कक्षामा सहभागिता बनाउने लक्ष्य रहेको उनको भनाई छ ।

तुलसीपुर उपमहानगरपालिकाको आयोजना तथा पतन्जली योग समिति दाङको समन्वयमा बृहत योग विज्ञान शिबिर संचालन हुन लागको हो । शिबिरमा खानेपानी, प्राथमिक उपचार लगायतका सेवा पनि प्रदान गर्ने संयोजक केसीले जानकारी दिए । शिबिरमा योगगुरु केन्द्रीय प्रभारी लवदेव मिश्रले प्रशिक्षण दिने आयोजकले जनाएको छ ।

योगका माध्यमबाट नगरका नागरिकलाई स्वस्थ बनाउने उद्देश्यका साथ तुलसीपुरमा बृहत योग विज्ञान शिबिर संचालन हुन लागेको हो । शिबिरको पुर्वसन्ध्यामा शुक्रबार बिहान मोटसाईकल ¥याली समेत निकालिने भएको छ । यसैबीच बृहत योग विज्ञान शिबिरको तयारी पुरा भएको आयोजकले पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । शिबिर मुल आयोजक समितिका संयोजक टोपबहादुर केसीको अध्यक्षतामा पत्रकार सम्मेलन भएको हो । पत्रकार सम्मेलनको सहजीकरण योग समिति तुलसीपुरका संचार संयोजक रेखा शर्माले गरेकी थिइन् ।।