वडा नम्वर ७ मा पशु स्वास्थ्य शिविर

घोराही, ९ जेठ । घोराही उपमहानगरपालिका वडा नम्वर ७को आयोजनामा बिहिवार पशु स्वास्थ्य शिविर सञ्चालन भएको छ । वडाको दोश्रो पटक आयोजना गरिएको शिविरमा तीन सय बढि पशुहरुको उपचार गरिएको थियो ।


वडा अध्यक्ष खोपीराम चौधरीको अध्यक्षतामा भएको शिविरको जिल्ला पशु ज्ञान केन्द्रका बरिष्ठ पशु बिकास अधिकृत डाक्टर बेलबहादुर केसीले बाख्रामा पिपिआर सुई लगाएर उद्घाटन गरेका थिए । आफ्नै गाँउमा पशु चौपायको उपचार तथा औषधी सहितको शिविर सञ्चालन भए पछि किसानहरु खुसी भएका थिए । पशु चौपायाको उपचारका लागि नजिकमा पशु उपचार केन्द्र नहुदा समस्या झेल्दै आएका उनीहरुले शिविरमा निशुल्क रुपमा औषधी र उपचार सेवा लिएका थिए ।

Buddha International Hospital
Advertise with us


सो शिविरमा एक सय जना किसानहरुले बिभिन्न रोग तथा भिटामिनको औषधी लगेका थिए भने बाख्रा, भैसाी, राँगा, गाई, कुखुरा गरी तीन सय बढिको उपचार गरिएको थियो । शिविरमा बरिष्ठ पशु बिकास अधिकृत बेलबहादुर केसी, पशु विकास अधिकृत जिवराज पौडेल, पशु स्वास्थ्य प्राविधिकहरु खिमबहादुर वस्नेत, शिला डिसी लगायतले पशुको उपचार गरेका थिए ।

वडा सदस्य सुशिला चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको शिविरमा वडा सदस्यगोमा नेपाली, दिपक चौधरी, वडा सचिव चन्द्रबहादुर केसी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

Advertise with us