विप्लप घोराही इन्चार्ज द्धारा पार्टी परित्याग

घोराही, ९ जेठ । नेपाल कम्युनिष्ट पार्टी विप्लव समुहको दाङ जिल्ला कमिटी सदस्य तथा घोराही नगर ईन्चार्ज रहेका सहदेव थारु विहानीले पदबाट राजिनामा दिएका छन् ।


विहिवार घोराहीमा पत्रकार सम्मेलन गरी आफुलाई पार्टीको नीति, सिद्धान्त, विचार मन नपरेको कारण देखाउँदै पार्टीको जिम्मेवारिमा नरहेको र अब आम नागरिक सरह जीवनयापन गर्न चाहेको बताएका छन् । पछिल्लो समय विप्लप नेतृत्वले गरेको हिस्रक गतिविधिले समाजमा सकारात्मक सन्देश नदिएको हुदाँ आफुले पार्टी परित्याग गरेको बताए ।

Buddha International Hospital
Advertise with us

उनले पछिल्लो समय जनताले शान्ती, सुरक्षा र अमन चयन चाहिरहेको अवस्थामा युद्धको झल्को दिने गरि भैरहेको गतिविधिको आफु विपक्षमा रहको बताए । साथनै उनले यस्ता क्रियाकलापले समाजमा र व्यक्तिगत जीवनमा समेत फाइदा नपु¥याएको भन्दै आफुले पार्टी परित्याग गरेको बताए ।

उनलाई बैशाख १३ गते प्रहरीले सार्वजनिक अपराधको मुद्दा लगाउँदै गिरफ्तार गरेको थियो । उच्च अदालत तुलसीपुरबाट बन्दी प्रत्यक्षीकरणमाथि बहस गर्दै रिहा गर्न आदेश दिए पनि चारु प्रहरीको उच्च निगरानीमा थिए ।

Advertise with us