संस्कार झल्काउँदै विद्यार्थी

तुलसीपुर, जेठ ८ ।

दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ बरुवागाउँ स्थित गोरखा माबि तुलसीपुरमा सञ्चालित आईएसए कार्यक्रमम अन्तर्गत बुधबार यहाँका नागरिकलाई संस्कार सिकाईएको छ । आफु भन्दा ठूलालाई कसरी आदर सत्कार गर्ने , बोली ब्यबहार कस्तो गर्ने, पूरानो संस्कारलाई जगेर्ना कसरी गर्नेलगायतका बिषयमा बिद्यार्थीहरुमाझ कार्यक्रम भएको थियो ।

Buddha International Hospital

ब्रिटिस काउन्सिल अन्तर्गत आईएसए कार्यक्रमले बुधबार तुलसीपुर ६ बरपिपल चौतारी टोलमा उक्त कार्यक्रम गरेको हो । बिद्यार्थी, अभिभावक, टोलबासी लगायतको सहभागितामा उक्त कार्यक्रम भएको हो ।

Advertise with us

गोरखा मोडेल कलेज सहायक क्याम्पस प्रमुख तथा गोरखा माध्यामिक बिद्यालय तुलसीपुुरका प्लस टु ब्यबस्थापन संयोजक डम्बर डाँगीको अध्यक्षता तथा बरपिपल चौतारी टोल विकास संस्थाका अध्यक्ष पदमा चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।

त्यस अवसरमा प्रमुख अतिथि चौधरीले यस्तो कार्यक्रमले समाजमा सकारात्मक सोँचको बिकास हुने बताईन् । उनले नेपाल एक बहुभाषिक, बहुधार्मिक, बहुजातिय, बहुसांस्कृतिक मुलुक भएको भन्दै सबै समुदायलाई जोड्न यस कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताईन् । गोरखा माध्यामिक बिद्यालय तुलसीपुरमा ब्रिटिस काउन्सिलद्वारा सञ्चालित आईएसए कार्यक्रमले पाठ्यक्रममा भएको बिषयबस्तुलाई परियोजना मार्फत समाजमा सकारात्मक परिबर्तन ल्याउने बताईन् ।

आईएसए संयोजक पूर्णबिक्रम डाँगीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रममा प्रोजेक्ट संयोजक ज्योति थापा कार्यक्रम बारे गराएकी थिईन् । सोही अवसरमा कक्षा ३ मा अध्ययनरत रुपेक्षा राणाले यो कार्यक्रमले किताबको बिषयबस्तुसंगै समाजिक संस्कार पनि सिकाएको बताईन् । कार्यक्रमको सहजीकरण प्राबि संयोजक कमल भण्डारीले गरेका थिए ।