द्रुत गतिमा निर्माण हुदै मदनभण्डारी लोकमार्ग

रीता लामा

Advertise with us
घोराही |  घोराहीका मुख्य सडकहरु अहिले बन्दा बन्दै छोडिएका छन् । ठेक्का लागेको बर्षौसम्म पनि मुख्य राजमार्गसँग जोडिएका पुलहरु नबनेर जनताले सास्ती भोकेका छन् । बाटो र पुल समयमा नबन्दा जनताहरु हैरान बनेर आन्दोलन गर्ने, बाटो अवरुद्ध गर्ने जस्ता कार्य गरिरहेका छन् । सामाजिक संजालमा सधैजसो रुष्टता व्यक्त गरेको देखिन्छ ।

Buddha International Hospital


तर गत असार महिना देखि बन्न सुरु गरेको प्युठान–दाङ–सुर्खेत जोड्ने मदनभण्डारी लोकमार्ग भने द्रुत गतिमा बनिरहेको छ । गत असारमा ठेक्का सुरु भएको लोक मार्गको अधिकासं काम सकिएको छ । अव कालोपत्र गर्नमात्रै बाकिँ रहेको सडक डिभिजन कार्यालयले जनाएको छ । डिभिजन कार्यालय दाङका अनुसार प्युठानको देवीस्थान हुदैँ दाङको पहाडी गाउँ बंगलाचुलि गाउँपालिका देखि घोराहीसम्म बाटो चौडा पार्ने, नाली बनाउने, ग्रावेल गर्ने र भित्ता काटेर बनाइएको बाटोमा भित्ते पर्खाल निर्माण गर्ने काम सकिएको छ । यस्तै उकालो र घुमाउरो बाटोमा पनि पक्की गर्ने काम भैरहेको छ ।


सडक डिभिजन कार्यालय दाङका इन्जिनियर लिलाबहादुर भण्डारीका अनुसार निर्माण व्यवसायी उत्साहित भएर काम गरे जुनकाम पनि दु्रत गतिमा बन्छ । विषेशगरी कामको जिम्मा लिएका व्यवसायी र सरकार पक्षबाट समयमा बजेट आयो भने काममा ढिलाई नहुने उहाँको भनाई छ । मदनभण्डारी लोकमार्गको अवस्था पनि अहिले त्यस्तै विना ढिला सुस्ती भैरहेको छ । मुख्य गरी जनताको सहयोग, व्यवसायीको कामप्रतिको जिम्मेवारी र समयमा बजेट आउनु नै भएको सबै पक्षको बुझाई रहेको छ ।


पहाडी र ग्रामिण भेगका जनतासँग प्रत्यक्ष जोडिएको लोकमार्ग चार बर्षिय योजना भए पनि गत असार देखि सुरु भएको काम अर्को असार(२०७७)सम्म पुरा सकिने उहाँको भनाई छ । ‘लोकमार्गको सबै काम सकिएको छ । अव पक्की गर्न मात्र बाकीँ छ ।’ इन्जिनियर भण्डारीले भन्नुभयोे ‘अर्को बर्ष असारसम्म यो बाटोपुर्ण रुपमा तयार भैसक्छ ।’ लोकमार्गलाई प्युठानको देविस्थान देखि सुर्खेतको सिमानामा पर्ने पुरन्धाराको वोटेचौरसम्म पु¥याइने उहाँले बताउनुभयो । विशेषगरि लोकमार्गले प्युठानको देविस्थान हुदैँ दाङको पहाडी गाउँ बंगलाचुली, घोराही, तुलसीपुर, पुन्धारा हुदै सुर्खेतसम्म जोड्ने छ ।

लोकमार्गको लागि केन्द्र सरकारले ५२ करोड रुपैया विनियोजन गरेको छ । जसमा २६ करोड रकम भुक्तानी भैसकेको सडक डिभिजन कार्यालयले जनाएको छ । यस्तै बाटो भने १ बर्ष भित्रै करिव ३० प्रतिशत पुर्ण रुपमा बनिसकेको छ । पहिलो चरणमा बन्न लागेको लोकमार्गको ३६ किलोमिटरको बाटोलाई ३ वटा ठेक्का लगाइएको छ । जसमा पहिलो ठेक्का ० देखि २० किलोमिटरसम्म लुम्वनी जलजला निर्माण सेवा, २० देखि साढे २२सम्म जयमाँ स्वर्गद्धारी निर्माण सेवा र साढे २२ देखि ३६सम्म फेरी लुम्वनी जलजला निर्माण कम्पनीले ठेक्का लिएर काम गरिरहेका छन ।

पहिले घोराही देखि प्युठानको देविस्थानसम्म पुग्नको लागि घोराही, लमही भालुबाङ हुदै करिव ९२ किलोमिटरको बाटो पार गर्नुपर्ने थियो  तर लोकमार्ग निर्माण पछि घोराहीबाट देविस्थान पुग्न ४८ किलोमिटरको बाटो पार गरे पुग्छ ।

प्रदेश नम्वर ५का मुख्य मन्त्री शंखर पोखरेलले मदनभण्डारी लोकमार्गलाई घोराहीको माथिल्लो भेग पहाडीको फेद हुदै तुलसीपुरको आँखा अस्पतालबाट पुरन्धारा लैजाने पटकपटक भाषणको समयमा भन्दै आएको सुनिन्छ ।

तल्लो मुख्यबाटोमा बस्ती बढ्दै जानु र माथिल्लो भेगका जनता पनि बाटो नजिक बस्ती सार्न थाले पछि माथिल्लो भेगका जनतालाई उतै रोक्ने मुख्य मन्त्रीको योजना निकै दुरगामी मानिन्छ । तर तत्कालको लागि बाटोलाई माथिल्लो भेगबाट नभई मुख्य सडकसँगै जोडेर लगिने बताइएको छ ।

Advertise with us