दाङका सञ्जिव श्रेष्ठलाई अन्तराष्ट्रिय प्रशिक्षक सर्टिफिकेट

घोराही। जिल्ला ब्याटमिन्टन संघका पूर्वउपाध्यक्ष एवं ब्याडमिन्टन प्रशिक्षक सञ्जीव श्रेष्ठले अन्तराष्ट्रिय प्रशिक्षकको सर्टिफिकेट प्राप्त गर्नुभएको छ । सन् २०१८ मा काडमान्डौंमा देशभरका २० जना ब्याटमिन्टन प्रशिक्षकहरुको तालिममा उर्तिण हुँदै उहाँले विश्व ब्याटमिन्टन महासंघबाट अन्तराष्ट्रिय प्रक्षिकको सर्टिफिकेट प्राप्त गर्नुभएको हो ।

Buddha International Hospital

Advertise with us

ब्याडमिन्टन प्रशिक्षक श्रेष्ठले सर्टिफिकेट प्राप्त गरेसँगै विश्वका एक सय ४५ देशहरुमा प्रशिक्षण दिनसक्नुहुँनेछ । घोराहीको कबड हलमा प्रशिक्षक गराउँदै श्रेष्ठ करिब १५ वर्षयतादेखि ब्याडमिन्टन खेलमा सर्मपीत हुनुहुन्छ । उहाँ त्रिभुवन नगर जेसिज घोराहीको पूर्वअध्यक्ष समेत हुनुहुन्छ । ०३४ सालमा घोराही नगरपालिका–१० पिपलबोटमा बाबा बालप्रसाद श्रेष्ठ र आमा हरिमाया श्रेष्ठको सन्तानकारुपमा जन्मनुभएका सञ्जिव श्रेष्ठ सन् २००४ मा त्रिभुवननगर जेसीजमा आवद्ध हुनुभएको हो ।

पद्मोदय उमावि भरतपुरबाट २०५० सालमा एसएलसी र पिपल्स क्याम्पस पकनाजोल काठमाडाँैंबाट बिबिएस सम्मको अध्ययन गर्नुभएका सञ्जिव २०६० सालदेखि घोराहीमा तेज नेट प्रालि स्थापना गरेर कम्प्युटर व्यवसाय गर्नु भयो । त्रिभुवननगर जेसिजको जग्गा भवन तथा कोष बृद्धि सभापति, कार्यसमितिको उपाध्यक्ष, कोषाध्यक्ष, महासचिव हुँदै सन् २०१२ का अध्यक्षको जिम्मेवारी सम्हालिरहनुभएका श्रेष्ठ एक युवा व्यवसायीसँगै ब्याडमिन्टन खेलाडी पनि जम्नु भएको छ ।