सवारी दुर्घटनामा १ जनाको मृत्यु


तुलसीपुर, ९ जेठ ।
दाङमा मोटरसाईकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी मोटरसाईकलमा सवार घोराही—१४ की २४ वर्षिय पुजा परियारको मृत्यु भएको भएको हो ।

Advertise with us

Buddha International Hospital

घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको लु ४७ प १५४७ नं.को मोटरसाईकल र बिपरित दिशाबाट जादै गरेको ना ५ ख ९८५३ नम्बरको पावर टेलर घोराही—१६ रावतगाँउ चोक नजिकै एक आपसमा ठक्कर खाँदा गम्भिर घाइते पुजाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुधबार साँझ भएको दुर्घटनामा परी मोटरसाईल चालक घोराही—१४ कै गुमान बिक गम्भिर घाइते हुनुभएको छ । गम्भिर घाइते बिकको मेडिकल कलेज भैरहवामा उपचार भईरहेको छ । ठक्कर दिने पावरटेलर, चालक र मोटरसाइकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता बिनोद विक्रम शाहले जानकारी दिनुभयो ।।