गोदाममा मल छैन

घोराही, ८ जेठ । खेतीपाती गर्ने समयमा यसबर्ष झण्डै ७० प्रतिशत रासायनिक मल अभाव हुने देखिएको छ । अनुदानको रकम अपुग भएकोले यसबर्ष रासायनिक मल अभाव हुन सक्ने कृषि सामग्री संस्थान तुलसीपुरका प्रमुख तीर्थ न्यौपानेले जानकारी दिए । जेठको अन्तिम साता तिर मात्रै मल आउने उनले बताए । अहिले गोदाममा कुनै पनि मल नरहेको कृषि सामाग्री केन्द्रले जनाएको छ ।

Buddha International Hospital


Advertise with us
रासायनिक मलको अभाव भएता पनि मूल्यभने बढेको छैन । विगत २÷३ वर्षदेखि रासायनिक मलको मूल्य भने स्थिर रहेको उनको भनाई छ । यस्तै चालु आर्थिक बर्ष २०७५÷०७६ मा यूरिया मल १ हजार २ सय २९ दशमलव ५ सय ५० मेट्रिकटन आयात भएको छ ।

यस्तै डिएपि मल ९ सय ६५ दशमलव १ सय ५० मेट्रिक टन र पोटास २१ मेट्रिक टन आयात भएकोे छ भने चालु आर्थिक बर्ष २०७५—०७६ मा यूरिया मल १ हजार २ सय ७ मेट्रिकटन वितरण भएको छ । यस्तै डिएपि मल ८ सय ९० दशमलव १ सय ५० मेट्रिक टन र पोटास १८ दशमलव ९ सय मेट्रिक टन वितरण भइसकेको बताए ।