तुलसीपुर मालपोतको ढिलासुस्तीप्रति ध्यानाकर्षण

घोराही, ८ जेठ । नागरिक समाज दाङले मालपोत कार्यालय तुलसीपुरमा सेवाग्राहीले खेपेको सास्तीप्रति ध्यानाकर्षण भएको जनाउंंंंंंंंंंँदै यथाशीघ्र समस्या हल गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गराएको छ ।

Buddha International Hospital


Advertise with us
नागरिक समाजका संयोजक चन्द्रराज पन्तको अध्यक्षतामा मंगलबार घोराहीमा बसेको बैठकले अनलाइनबाट छिटो छरितो सेवा पाउने आशा गरेका नागरिकले उल्टो ढिलासुस्ती खेपेको भन्दै यथाशीघ्र प्राविधिक समस्या हल गर्न आग्रह गरेको हो ।


त्यस्तै बैठकले नागरिक समाजको नियमित बैठक स्थानीय तहसँग अन्तक्र्रिया बढाउने गरी विकेन्द्रीत गर्ने निर्णय गरेको छ । जस अनुसार आगामी असार ७ गतेको बैठक बंगलाचुलीमा राख्ने निर्णय गरिएको सचिव लक्ष्मी आचार्यले जानकारी दिइन ।

Advertise with us