प्रदेश स्तरिय स्वास्थ्य कार्यालय दाङमा

घोराही, १७ मंसिर । दाङमा स्वास्थ्य प्रदेश स्तरिय स्वास्थ्य कार्यालयको स्थापना गरिएको छ । पाँच नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य निर्देशनालय अन्तर्गत रहने गरी साविकको जनस्वास्थ्य कार्यालयमा स्वास्थ्य कार्यालयको स्थापना गरिएको हो ।

Buddha International Hospital

Advertise with us

दाङसहित अर्घाखाँची र कपिलवस्तु गरी तीन जिल्लामा कार्यक्षेत्र रहेने गरि स्थापना गरिएको स्वास्थ्य कार्यालयको विहिवार प्रदेश सांसद अमरबहादुर डाँगीले उद्घाटन गरेका छन । कार्यालयको उद्घाटन गर्दै प्रदेश सांसद डाँगीले स्वास्थ्य कार्यालयको स्थापना हुुनु नै संघियतालाई जीवनशैलीमा परिणत गर्ने प्रक्रिया सुुरु भएको बताए ।

उनले प्रदेश सरकार नीति नियम निर्माणको क्रममा रहेको भन्दै स्वास्थ्य कार्यालयले सेवाग्राहीलाई निर्धक्क रुपमा सेवा प्रवाह गर्न कर्मचारीलाई निर्देशन दिए ।

कार्यालय प्रमुख केशवराज पण्डितको अध्यक्षता तथा प्रदेश सांसद डाँगीको प्रमुख आतिथ्यता एवं सहायक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद आचार्यको विशिष्ठ आतिथ्यतामा कार्यालयको उद्घाटन गरिएको हो ।

जनस्वास्थ्य अधिकृत प्रकाशकुुमार योगीको स्वागत मन्तव्यबाट शुुरु भएको उद्घाटन कार्यक्रममा कार्यालय प्रमुुख पण्डितले स्थानीय तहमा रहेका स्वास्थ्य शाखासंग समन्वय गर्ने र खोपजन्य सेवा कार्यालयबाट प्रवाह हुने बताए ।

उनका अनुुसार स्वास्थ्य कार्यालयमा १४ जनाको दरबन्दी रहेको छ । दाङसहित प्रदेश नम्बर पाँचमा ६ वटा स्वास्थ्य कार्यालय रहने उनले जानकारी दिए ।

Advertise with us