दाङमा सुनचोरी मुद्दाका अभियुत कारागार चलान, शाक्य गहनाका बाबुछोराको खोजी जारी

Advertise with us

घोराही, ८ जेठ । दाङको घोराहीमा सुन चोरी गर्ने र उक्त सुन किन्नेहरु मध्य २ जना पूर्पक्षका लागि कारागार चलाउन भएका छन भने ४ जना धरौटीमा छुटेका छन् । घोराही १५ की हिमा रावतले दिएको निवेदनका आधारमा प्रहरीले सुन चोरी गर्ने र खरीद गरेको अभियोगमा ६ जना बिरुद्ध मुद्धा दायर गरेको थियो ।

Buddha International Hospital


Advertise with us
दाङ देउखुरी जिल्ला अदालतले घोराही १४ ट्राफिक पुलचोकका सद्धाम हुसेन र एक लाख २० हजार रुपैयाँ धरौटी तिर्न नसक्दा घोराही १६ लेटारका खिमबहादुर घर्तीलाई पूर्पक्षका लागि कारागार चलान गरेको हो ।


अन्य चार जना घोराही १३ वडहराका डम्मरबहादुर वली, न्यू पाल्पा भैरव सुनचाँदी पसलका पुनलाल गहतराज, दिपिका सुनचाँदी पसलका गुमानसिंह सुनार र राधिका सुनचाँदी पसलका डम्बरलाल विक भने अदालतले तोकेको जनही १ लाख ६० हजार रुपैयाँ धरौटीमा तिरेर छुटेका छन् ।

यसैबीच चोरीको सुन खरीद गर्ने घोराही १५ न्यूरोड स्थित शाक्य गहना पसलका सञ्चालक बाबुछोरा हेमराज शाक्य र सुबास शाक्य भने फरार रहेका छन् । उनीहरुलाई पक्राउ गर्न अदालतले पक्राउ पूर्जी जारी गरेको छ ।

सुन चोरीको विषयमा जाहेरी परेपछि प्रहरीले सद्धाम हुसेनलाई १ तोला ४ सय ग्राम गलाएको सुन, सुनका औँठी र सिक्रि एक एक थान, मोवाईल, ट्याब सहित नगद रुपैयाँ र केही थान रिचार्जकार्ड सहित पक्राउ गरेको थियो । सद्धामकै बयानका आधारमा कलिगढ सहित सुन पसलका सञ्चालकहरु पक्राउ परेका हुन् ।