धनको आडमा धानिएको समाज


पार्वती बस्नेत
सामान्य बोलिचालीको भाषामा रुपैया, पैसा, सुन चाँदीलाई धन भनिन्छ । तर अर्थशास्त्रमा यसको बिशेष अर्थ हुन्छ । अर्थशास्त्रमा कुनै वस्तु धन हुनका लागी उपयोगिता, दुर्लवता र हस्तान्तरणीयता जस्ता गुण हुनुपर्छ । अर्थशास्त्रमा मानवहरुका लागी उपयोगीता प्रदान गर्ने सबै आर्थिक वस्तुलाई धन भनिन्छ ।


जस्तै उदाहरणका लागी घर, कार, गरगहना, मेसिन आदी आदी । यसरी “धन” लाई अर्थशास्त्री, मानवशास्त्री तथा समाजशास्त्रीहरु लगायत विभिन्न विद्धानहरुले आफ्नो तरिकाले परिभाषित गरेका छन् । तर, जसले जसरी परिभाषित गरेता पनि धन मानव जीवनलाई चलायमान बनाउन अत्यावश्यक तर मानवता भन्दा अधिक माथिको कुरा भने हुँदै होईन् ।

Blog Post Ad


पछिल्लो समय नेपाली समाज यसकै पछि मरिमेटी लागिपरेको देखिन्छ । हुन त, ईतिहासलाई हेर्ने हो भने जति पनि युद्ध, द्धन्द्ध भए भुगोलकै बिषयलाई लिएर नै भए । तर पनि त्यो समयका कथाहरु (माहाभारत, भागवत, गीता) सुन्ने हो भने मानवता, पाप, धर्म र पुण्य जस्ता कुराहरुलाई आधार मानेर काम गरेका घटनाहरु छन् । तर हिजोआजको समाज फेरिएको छ किनकी यहाँ मानवताले घिटीघिटी श्वास फेर्दै छ । यहाँ हरेकलाई पैसा, मोज, मस्ती र विलासीताका सामानमा जीवन व्यतित गर्न र आफ्नो मात्रै भलो सोच्ने मनोभावको विकास हँुदै गएको कुरा नेपाली चलचित्र मार्फत पनि चित्रण हुन थालेको छ ।

Blog Post Ad

मैले यत्ति विधी भुमिका बाँधिरहन जरुरी थियो या थिएन थाहा छैन् तर हिजोआज बिक्ने नेपाली चलचित्र भनेकै पैसा, रक्सी र मोजमस्ती अलिअलि कथालाई पनि स्थान दिएकै चलचित्र हुन् । नतिजा नेपाली चलचित्र बिक्दैन्, भनिरहेकै समयमा निश्चल बस्नेतद्धारा निर्देशित चलचित्र लुटले नेपाली चलचित्र क्षेत्रमा लुट नै मच्चाउन सफल भएको थियो ।

भनेपछि हामीलाई त्यस्तै कुराहरु मनपर्छन् जुन हाम्रो मन, मष्तीष्क अनि समाजमा देख्दै र भोग्दै आएका छौ । साच्चिकै विकास र पुर्वाधारका लागी आवश्यक हो पैसा तर मानविय जीवनका लागी सबैथोक त होईन् होला नी ? तर हाम्रो सोच पैसा नै सबै थोक हो भनेर लिप्त हुन थालेको छ ।

पछिल्लो समय मैले हेरेको अर्को नेपाली चलचित्र हो “जात्रैजात्रा” यसमा पनि उही नै मसला छ, “धन”कै खेल देखाएर चलचित्रले “धन” बटुल्न चाही सफल भएको छ । सबैलाई पेट मिचिमिचि हसाँउन सफल मानिएको चलचित्रमा “धन” अभाव कै कारण आफ्नी श्रीमती र छोरालाई दिदी कहाँ राख्नुपरेको देखाईएको छ त्यतिमात्रै होईन्, आफनो पौरखमा काम गरेर छोरा पाल्न सकेकी सम्फुले, मनमा श्रीमान्को माया हुदाहुदै पनि खुलेर श्रीमान्लाई अगाल्न सकेको देखिदैन् तर जब श्रीमान्ले आफु धनि भए सबैले सम्मान गर्ने र धनि हुनका लागी आफुसँग केही धन आएको छ, भन्नासाथ सम्फुले ज्योतिषि कहाँ लगेको देखाउँछ ।

साँच्चिकै चलचित्रले आजभोलिको समाज अनि मान्छे “धन”कै लागी मरिहत्ते गर्छ भन्ने गज्जबको चित्रण चाँही गरेको छ । तर यत्ति हुदाँहुदै पनि चलचित्रले हात्तिको रोल मार्फत मान्छेमा माया, सद्भाव, पाप र धर्म हुनुपर्छ भन्ने कुरालाई दर्शाउन खोजेको देखिन्छ किनकी पैसा धनवान अनि गुण्डा मानिएको श्रीमान्ले बेवास्ता गरेपछि, माया पाउन अर्को श्रीमान् रोजेकी हात्तिले त्यहाँ पाप, धर्म र मानवता जस्ता कुरालाई ध्यान दिएको देखिन्छ किनकी यीनै कुरालाई आधार मानेर हात्तिले आफनो भुपु श्रीमान्लाई मुखमा चप्पलले हान्न समेत भ्याएकी छिन् ।

यी त थिए फिल्मका कुरा, फिल्म त्यसै कहाँ बन्छन् र, हाम्रै समाजको चित्रण चलचित्र मार्फत हुने न हुन् तर्सथ अब हामीहरु पैसामै मात्र लिप्त हुने हो कि ? पाप, धर्म, त्यो भन्दा नि ठुलो मानवता यसलाई आधार मानेर अगाडी बढ्ने हो ? एकपटक सबैले सोच्नुपर्छ कि ? किनकी पैसाकै परिणाम हुन् अधिकांश बृद्धाश्रमहरु खुल्न थालेका छन् । पारिवारिक बिखण्डन हुन थालेका छन्, समाजमा हिसां तथा आपराधिक घटनाहरु बढ्दै जान थालेका छन् । मान्छे चेतनशिल प्राणी भएकै कारण साच्चिकै समाज कता जादै छ ? अनि हामी कता मोडिदै छौ ? यो बिषयमा एकपटक सबैले समयमा नै सोच्नुपर्ने हो कि ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *