गोरु खरिद गर्ने समुह र गाउँलेका बीचमा तनाव, ७ वटा मोटरसाईकमा जलेर ध्वस्त

Advertise with us

शिवु खनाल,

Buddha International Hospital

देउखुरी, १७ मंसिर | देउखुरीको राजपुर गाउँपालिका त्यहाँका स्थानियहरुले ७ वटा मोटरसाईकलहरुमा आगजानी गरिदिएका छन् ।

Advertise with us

आईतवार राती पौने आठ बजेको समयमा लमही नगरपालिका वडा नम्बर ८ असानी र राजपुर गाउँपालिका वडा नम्बर ४ दुलैयाको खरकट्टीमा ६ वटा र राजपुर गाउँपालिका वडा नम्बर ३ बसन्तपुरमा १ वटा मोटरसाईकलमा आगजानी गरेको ईलाका प्रहरी कार्यालउ गढवाले जानकारी दिएको छ ।

राजपुर गाउँपालिका वडा नम्बर ३ बसन्तपुरका स्थानियहरुले आईतवार तिन देखि चार जना अपरिचित युवकहरुले गोरुहरु डोराएर लैजादै गरेको बेला बसन्तपुरका स्थानियहरुले राके, कहाँ बाट ल्याउनु भएको यि गोरुहरु, हामीले यहाँबाट गोरु लैजान दिदैनौ भन्दा अपरचित युवक र स्थानिय विच बाजाबाज र तनाव उत्पन्न भयो ।

बेला चौकी बाट तिन जना प्रहरीहरु घटना बारे बसन्तपुरमा आएर अनुसन्धान गर्दा गर्दौ एका एक नौ वटा मोटरसाईकलमा तिन जनाको दरले सत्ताईस जना अपरचित व्यक्तीहरु जंग्रहवा तिरबाट घरेलु हात हतियार बोकेर आएर स्थानियहरु र प्रहरी माथि हमला गरे, स्थानिय रामकुबेर यादवले भन्नुभयो ।

राजपुर गाउँमा गुन्डा र चोरहरु आए, गाउँलेहरु आत्तिए, भैसहवा, फेहरा, चङगुवा, जंग्रहवा, दुलैया र बसन्तपुरबाट घरघर देखि स्थानियहरु आए पछि उनिहरु अपरिचित व्यक्तीहरु भाग्न थाले, यादवले भन्न्ुभयो । लमहीबाट आएका अपरिचित व्यक्तीहरुलाई स्थानियहरुले लखेटे, अपरिचित व्यक्तीहरु दुलैयाको खरकट्टीमा मोटरसाईकल छाडेर राप्ती नदी तरेर भाग्न सफल भए, सोही घटना पछि स्थानिय गाउँलेहरु मिलेर राजपुर गाउँपालिका वडा नम्बर ४ दुलैयाको खरकट्टीमा ६ वटा र राजपुर गाउँपालिका वडा नम्बर ३ बसन्तपुरमा १ वटा गरि ७ वटा मोटरसाईकलमा आगजानी गरि ध्यस्त पारिदिए ।

आईतवार रातभरी गाउँ जागाराम भयो, अप्रिय घटना घट्न पाएन, आईतवारको घटनाले गर्दा गाउँमा निकै डर फैलीएको छ, स्थानिय रामकुबेर यादवले भन्नुभयो । प्रहरीले घटनामा संलग्न रहेको भन्दै लमही नगरपालिका वडा नम्बर ५ निवासी अर्जुनकुमार गुप्तालाई पक्राउ गरेकोे छ ।

प्रहरीहरु नभएको भए राजपुर गाउँका अप्रिय घटना घट्थ्यो, यादवले भन्नुभयो । पछिल्लो समय राजपुर गाउँमा गोरुहरु डुलाएर निकै लैजाने क्रम बढेको छ । गोरु डुलाएर लैजानेहरु अनुसार नेपालको सिमा नाकाहरु, नेपालगञ्जबाट आफुहरुले खरिद गरेको ल्याएको बताउछन् । प्रहरीका अनुसार ग ४ प ५७८६ र लु ४५ प अनटेष्ट २३५८ नम्बर को मोटरसाईकल सकसुल खरकट्टीमा फेला परेको छ ।

कानुन हातमा लिने अधिकार कसैलाई छैन

सात वटा मोटरसाईकलहरुमा आगजनी भएको विषयलाई दाङ जिल्ला प्रहरी प्रमुख एवं एसपी बेलबहादुर पाण्डेले कानुन हातमा लिने अधिकार कसैलाई नभएको बताएका बताउनु भएको छ ।

उहाँले मोटरसाईकलमा आगजनी भएको विषय अपराधिक कार्य भएको बताउनुभयो । केही अपराधिक व्यक्तिहरुले मोटरसाईकलमा आगजनी गरेको पाईयो, एसपी पाण्डेले भन्नुभयो, उनीहरुको पहिचान भइसकेको हुँदा प्रहरीले खोजी गरिरहेको छ ।

एसपी पाण्डेले कुनैपनि कमजोरी कसैले गरेको भए कानुन हातमा लिनुको सट्टा प्रहरीलाई खवर गर्नुको सट्टा कानुन हातमा लिने गलत र अपराधिक कार्य भएको बताउनुभयो । उहाँले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।।