साढे ८३ लाखमा ओभरहेट ट्याङ्कीको शिलन्यास

घोराही, ७ जेठ । नारायणयपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितीको आयोजनामा घोराही ८ मर्पाडाडामा दुइ लाख २५ हजार लिटर पाटी अट्ने ओभरहेड टङ्कीको शिलन्यास गरिएको छ ।

Buddha International Hospital


Advertise with us
प्रदेश सरकारको ८ करोड लगानीमा निर्माण हुन लागेको मर्पाडाडा खानेपानी आयोजनाको ओभर हेड ट्याङ्की मात्र साढे ८३ लाख ३१ हजारमा निर्माण हुन लागेको हो । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय दाङका प्रमुख गुणनीधि पोखरेलले ५ हजार जनतालाई पुग्ने गरी दुई बर्षे योजना अन्र्तगत खानेपानीको योजना निर्माण संचालन हुन लागेको जानकारी दिए ।


नारायणपुर खानेपानीका अध्यक्ष कुलप्रसाद रजोैरेको अध्यक्षता एवम खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख गुणनीधि पोखरेलको प्रमुख आतिथ्यतामा ट्याङ्कीको शिलन्यास गरिको थियो ।

शिलन्यास कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै वडा नम्वर ८का वडा अध्यक्ष चन्द्रप्रसाद चौधरीले वडाका सम्पुर्ण वासीलाई शुद्द पानी पिउन पाउनेमा आफु आशावादी भएको बताए । उनले आफुहरुको वडा ठुलो भएको कारण खानेपानी सस्थानलाई थप खानेपानीको योजना पनि ल्याउनको लागि आग्रह गरेका थिए ।


कार्यक्रममा नारायणपुर उद्योग वाणिज्य संघका अध्यक्ष मनविर कुमार दाहाल, घोराही खानेपानीका अध्यक्ष देविवहादुर डिसी, तुलसीपुर खानेपानीका अध्यक्ष खेम वलि, वडा सदस्य रीता वादी, शिक्षक ओपेन्द्र खड्का, मर्पाडाडाका टोलका अध्यक्ष धनिराम चोैधरी, सल्लाहाकार बिष्णप्रसाद दाहाल लगायतले स्थानियले गुणस्तरि योजना सम्पन्न गर्नको लागि स्थानिय उपभोक्ताहरुले योजनाको निरन्तर निगरानी राख्नु पर्ने, चासो दिनुपर्ने बताए ।


कार्यत्रममा वोल्ने वक्ताहरूले खानेपानी योजनालाई सफल पार्नको लागि सवैले मिलेर काम गर्नु पर्ने बताएका थिए । खानेपानीले वडाका सवै जनतालाई खाने पानी पुग्ने उनीहरूको विश्वास थियो । खानेपानीका उपाध्यक्ष रेशमबहादुर बस्नेतको स्वागत मन्तव्यबाट सुरू भएको कार्यत्रमकि सहजिकरण महासचिव अशोक शर्मा पोखरेलले गरेका थिए ।