तुलसीपुरमा बृहत योग शिबिर संचालन हुने

दैनिक १० हजार व्यक्तिले योग साधना गर्दै

तुलसीपुर, ७ जेठ ।
दाङको तुलसीपुरमा बृहत योग शिबिर संचालन हुने भएको छ । तुलसीपुरको अरनिको मैदानमा यहि जेठ ११ गतेदेखि १५ गतेसम्म शिबिर संचालन हुने भएको हो । व्यस्त जीवन शैली मानिसहरु अस्वस्थ हुँदै गएको अवस्थामा रोग, भोेक र शोकबाट मुक्त गर्न बृहत योग शिबिर संचालन हुन थालेको हो ।

Buddha International Hospital
Advertise with us

ग्रामिणस्तरमा योग शिबिरको महत्व लैजान बृहत योग शिबिर संचालन गर्न लागिएको आयोजकले जनाएको छ । योगबाट शारीरिक संगै मानशिक समस्याबाट मुक्त हुन सकिने भएकाले योगको महत्व फैलाउन पाँच दिने योग शिबिरको आयोजना गरिएको तुलसीपुर योग समितिका संचार संयोजक रेखा शर्माले जानकारी दिनुभयो ।

यसैबीच शिबिरलाई भव्यरुपमा सफल बनाउन  विभिन्न कार्यक्रमहरु सार्वजनिक गरिएको छ । जेठ नौ गते पत्रकार सम्मेलन गर्ने, १० गते बृहत मोटरसाईकल ¥याली गर्ने, ११ गते बृहत योग शिबिरको उद्घाटन, प्रदेशस्तरिय बैठक बस्ने, जिल्ला युुवा समितिको बैठक बस्ने, ११गतेदेखि १५ गतेसम्म योग साधना गर्ने, १४ गते दिक्षान्त समारोह गर्ने र १५ गते केन्द्रीय प्रभारीसंग साक्षात्कार गर्ने लगायतका निर्णय भएको छ ।

शिबिर मुल आयोजक समितिका संयोजक टोपबहादुर केसीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेको प्रमुख आतिथ्यतामा भएको बैठकले विभिन्न उपसमितिहरु पनि गठन गरेको छ ।

बैठकले हुमबहादुर डीसीको संयोजकत्वमा साँस्कृतिक उपसमिति, मञ्जितकुमार यादको संयोजकत्वमा प्राथमिक उपचार उपसमिति, दुर्गाप्रसाद भण्डारीको संयोजकत्वमा आमन्त्रण उपसमिती, जानका गैरेको संयोजकत्वमा प्रभातफेरी व्यवस्थापन उपसति गठन गरेको संचार संयोजक शर्माले जानकारी दिनुभयो । त्यसैगरी समिक्षा रिजाल, रुपलाल घर्ती, केशब बस्नेत, रोशन बुढाथोकी, प्रकास बस्नेत, बिष्णप्रसाद आचार्य पनि विभिन्न जिम्मेवारी दिइएको छ । दाङमा करीब १ सय ४० स्थानमा दैनिक १० हजार व्यक्तिले योग साधना गरिरहेका छन् ।।