हतारोमा असारमा बजेट खर्च गर्ने परम्परा अन्त्य भएन्

स्थानीय सरकारलाई दुईमहिनामा एक अर्व बढी खर्च गर्नुपर्ने बाध्यता

जीतसागर जीएम ।
तुलसीपुर, ७ जेठ ।

Advertise with us
दाङका स्थानीय सरकारलाई दुईमहिनामा १ अर्व बढी विकास बजेट खर्च गर्नुपर्ने बाध्यता भएको छ । चालु वर्ष सकिन दुईमहिना मात्र बाँकी हुँदा दश स्थानीय सरकारले १ अर्व ६ करोड ७ लाख ८३ हजार २ सय बजेट खर्च गर्नुपर्ने बाध्यता भएको हो ।

Buddha International Hospital

कोष तथा लेखा नियन्त्रण कार्यालय घोराहीका अनुसार दुईमहिना भित्र घोराही उपमहानगरपालिकाले २६ करोड ५२ लाख ४ हजार खर्च गर्नुपर्ने भएको छ । त्यसैगरी तुलसीपुर उपमहानगरपालिकाले १९ करोड ५० लाख ८२ हजार , लमही नगरपालिकाले ४ करोड ९४ लाख ९४ हजार २ सय ५० रकम खर्च गर्नुपर्ने बाध्यता छ ।

गढवा गाँउपालिकाले ८ करोड ६७ हजार २ सय ५० , दंगिशरण गाँउपालिकाले २ करोड ३४ लाख १८ हजार ७ सय ५० , बंगलाचुली गाँउपालिकाले २ करोड ७५ लाख ६८ हजार ७ सय ५० खर्च गर्नुपर्ने छ । चालु वर्षको दुईमहिना मात्र बाँकीहुँदा बबई गाँउपालिकाले १० करोड ७२ लाख १४ हजार पाँच सय , राजपुर गाँउपालिकाले ९ करोड २२ लाख ४४ हजार बजेट अझै पनि खर्च गर्न सकेको छैन् ।

त्यसैगरी राप्ती गाउपालिकाले ३ करोड ९६ लाख ६८ हजार ७ सय ५० र शान्तीनगर गाँउपालिकाले १० करोड १७ लाख २१ हजार ७ सय ५० अबको दुईमहिनाभित्र खर्च गर्नुपर्ने बाध्यता छ । आर्थिकवर्ष सकिनै लाग्दा ठुलो मात्रामा विकासे बजेट खर्चगर्ने परम्परा स्थानीय सरकारले पनि तोड्न सकेका छैनन् ।

बजेट प्रस्तुत गर्ने समयमा समयमै विकासे बजेट खर्च गर्ने प्रतिवद्धता गरेपनि व्यवहारिक रुपमा कार्यान्वयन हुन सकेको छैन् । विकासे बजेट हतारोमा असारमा खर्चगर्ने परम्परा यो वर्षपनि दोहोरीने निश्चित भएको छ ।।

Advertise with us