नाकामा अग्निपिडितहरुको गुनासो : खाने अनाजपानी पठाईदेउ

शिवु खनाल

Buddha International Hospital

देउखुरी ५ जेठ | घर खरानि भएको बाह्र दिन भयो । घर खरानि भए देखि रुखमुनि त्रिपालको बास । खाने अनाजपानि संगै घर पनि जलेर खरानि भयो । परिवार बाहेक केही बचाउन सकिन । यहि दुःख र कष्ट संगै त्रिपाले बास बस्न बाध्य बनाएको बताउनुभयो, राजपुर गाउँपालिका वडा नम्बर १ पटौलिनाका निवासी अग्निपिडित गगन बस्नेतले ।

Advertise with us

घर खरानि भए देखि चार परिवार विस्ताविप भयाँै, विचल्लि प¥यौ । खाने अनाजपानि केही छैन, वनको छेवैमा रुखमुनि त्रिपालमुनि बास । किराकाटिको डर । यहि पिडा संग दिनरात लडुदै कष्टकार जिवन विताएको अग्निपिडित बस्नेतले बताउनुभयो । उहि पुरानो घरको झलझली याद आउँछ । कहिले होला फेरी आफ्नै घरमा बास पाउने । मनमा कुरा खेलाउदै, एकोहोरो टोलाउदै पुरानो घरको याद आयो आईरन्छ ।

टेक्टरमा राहात बोकेर पटौलिनाका

राजपुर गाउँपालिका सा.वि.क बेला गा.वि.स नेपाली कांग्रेस ईकाई सभातपि शरद बुढाथोकिको नेतृत्वमा लमहीबाट टेक्टरमा राहात बोकेर राजपुर गाउँपालिका वडा नम्बर १ पटौलिनाका अग्निपिडित कहा पुग्नुभयो ।

बुढाथोकीको नेतृत्वमा टेक्टरमा राहात बोकेर गएका लमही जेसिजका उपाध्यक्ष सपना पण्डेले पटौलिनाका पुग्नु भएको हो । बैशाख २४ गते घरमा रहेको सोलारको तार सट भैई चार घर पविरवार विस्तापित हुनु भएका अग्निपिडिहरु को लागि टेक्टरमा राहात बोकेर पण्डित पटौलीनाका पुग्नुभयो । यस्तै पाण्डेले त्रिपाल, एक बोरा चामल, चटाई, बाल्टि, झुल, पानी खाने जग र नगद २५ सय रकम सहित अग्निपिडित बस्नेतलाई हस्तान्त्रण गर्नुभयो ।

यस्तै लमही नगरपालिका वडा नम्बर ५ निवासी शेरसिङ्ग खड्काले एक बोरा चामल, लमही नगरपालिका वडा नम्बर ५ निवासी झरना जलपान होटल सञ्चालकले २५ सय बराबरको भाडाकुडा, सोही ठाउँ निवासी पोख्रल भाडा पसलले १५ सय बराबारको भाडाकुडा, लमही नगरपालिका वडा नम्बर ५ निवासी नविन चौधरीएक एक बोरा चामल अग्निपिडितलाई हस्तान्त्रण गर्नुभयो ।

यस्तै देउखुरी मोबाईल संघका अध्यक्ष तथा लमही जेसिजका सचिव भिम भुषालले दश लिटर खाने तेल र पाँच पोका नुन अग्निपिडितलाई उपलब्ध गराउनुभयो ।

यस्तै लमही स्थित पवन किराना पसलबाट एक बोरा चिउरा, लमही नगरपालिका वडा नम्बर ५ रातोडाँडा निवासी समाजसेवी गिरिराज विष्टले ४२ सय बराबरको दुई बोरा चामल हस्तान्त्रण गर्नुभयो । यस्तै देउखुरी पब्लीक स्कुलका प्रध्यानध्यापक भुमाण्डव केसीले पचाँस किलो चामल अग्निपिडितहरु लाई सहयोग हस्तान्त्रण गर्नु भएको छ ।

यस्तै लमही बजारमा स्थित न्यू फेमस टेलर्सका सञ्चालक एकराज नेपाली र जिवन टेलर्सका सञ्चालकले दश हजार बराबरको कपडा अग्निपिडतहरुलाई सहयोग हस्तान्त्रण गर्नु भएको हो ।

अग्निपिडितलाई ने.क.पाको बिस पाता टिन

राजपुर गाउँपालिका ने.क.पा संगठन समितिले राजपुर गाउँपालिका वडा नम्बर १ पटौलीनाका अग्निपिडितहरुलाई २७ हजार बराबरको बिस पाता टिन सहयोग हस्तान्त्रण गरिएको छ । शनिवार एक औपचारकि कार्यक्रमका बिच राजपुर गाउँपालिका ने.क.पा संगठन समितिले राजपुर गाउँपालिका वडा नम्बर १ पटौलीनाका अग्निपिडितहरुलाई २७ हजार बराबरको बिस पाता टिन सहयोग हस्तान्त्रण गरेको हो ।

राजपुर गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष विष्ण बुढा र २ नम्बर का वडाध्यक्ष दुर्गाप्रसाद शर्मा, राजपुर गाउँपालिका वडा नम्बर १ का वडासदस्य गोमा अधिकारी सोही वडाका वडासदस्य रामबहादुर सुनार र राजपुर गाउँपालिका ने.क.पा संगठन समितिका सदस्य देविराम सुनार (अपिल) को संयुक्त उपस्थितिमा अग्निपिडितहरु लाई बिस पाता टिन सहयोग हस्तान्त्रण गरिएको हो ।।