राम्रो काम पनि देख्नुस् : नेता नेपाल


रीता लामा
घोराही, ६ जेठ । नेपाल कम्युनिष्ठ पार्टीका बरिष्ठ नेता एवम पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले अब देश विस्तारै विकासको गतिमा अगाडी बढेको बताउनुभएको छ । देशको पछिल्लो अवस्थाको बारेमा कुरा गर्दै नेता नेपालले भने ‘जहाँसुकै बर्वाद भयो, भत्कियो, काम भएन, विकास भएन भन्नेको जमात बढेको छ ।

Advertise with us

Buddha International Hospital

तर काम गरेको देख्ने प्रवृति बढेको छैन ।’ उहाँले प्रतिपक्षलाई पनि कहिलेकाही सकारात्मक चिन्तनको विकास गरि जनतामा सहि सन्देश लैजान आग्रह गर्नुभयो । प्रेस संगठन दाङको आयोजनामा आज घोराहीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले सत्ता पक्षको विरोध गर्ने नाममा मनपरी बोल्ने र गलत संदेश लैजाने परिपाटी ठिक नभएको बताउनुभयो ।


उहाँले प्रतिपक्ष नेता कार्यकर्ताहरुलाई प्रश्न गर्दै भन्नुभयो ‘राम्रोलाई राम्रो भन्दैमा प्रतिपक्षको अस्तित्व समाप्त हुन्छ र ? कदापि हुदैन ।’ उहाँले सत्य र यर्थाथ बोल्नेहरुले उचाई झनै बढेर जाने बताउनुभयो ।


प्रेस चौतारी दाङका अध्यक्ष जेएन सागरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै नेता नेपालले पटकपटक भएन भन्दै आएका जनताहरुलाई अब विकासको कामले आशाको किरण पलाउन थालेको बताउनुभयो । साथै भैरहेको विकास र अन्य कामलाई नजरअन्दाज नगर्न पनि आग्रह गर्नुभयो ।

नेकपामा भैरहेको पार्टी एकताको विषयमा धारणा राख्दै पुर्व प्रधानमन्त्री नेपालले पाटीको केन्द्र, प्रदेश, जिल्ला र पालिका स्तरका एकता प्रक्रिया टुङ्गिए पनि अन्य तमाम काम गर्न बाँकी रहेको बताउनुभयो । उहाँले पार्टीका विभिन्न विभाग, आयोग, पोलिट व्युरो जस्ता संगठन अझै बनाउन बाँकी रहेको बताउनुभयो । एकता प्रक्रियामा केही कमीकमजोरी एवम ढिलाई भए पनि आत्ति हाल्नुपर्ने स्थिती नरहेको बताउनुभयो । उहाँले अवै छिट्टै नै बाँकी प्रक्रिया पुरा गरेर कार्यकर्ताहरुलाई पार्टीको काममा खटाउने बताउनुभयो ।


गत वैशाख २६ गते संसदमा दर्ता भएको मिडिया विधेयकको विषयमा पार्टीमा छलफल नभएको बताउनुभएको छ । उहाँले पार्टीमा छलफल विना नै मिडिया विधेयक संसदमा दर्ता गरिएको हुदाँ केही विवाद सिर्जना भएको बताउनुभयो ।

उहाँले मिडिया विधेयकलाई लिएर पत्रकारहरुले असन्तुष्टी जनाइरहेको हुदाँ पत्रकारको हित विपरित भए सच्याइने पनि बताउनुभयो । साथै उहाँले पछिल्लो समय संचारसंस्थामा देखिएको मनपरिलाई भने सच्याउन आवश्यक रहेको धारणा राख्नुभयो । ‘मनपरी लेख्नेलाई नियन्त्रण गर्न जरुरी छ । तर संचार क्षेत्रलाई नै असर पुग्ने गरि विधेयक आउदैन ।’ उहाँले भन्नुभयोे ‘पछिल्लो समय संचार क्षेत्रमा देखिएको बिकृतिलाई रोक्नको लागि पत्रकारका नेताहरु र राज्यका निकाय अग्रसर हुनुपर्छ ।

’ उहाँले आफ्नै बारेमा पनि पटक पटक पत्रकारहरुले गलत सुचना दिने, गलत टिप्पणी, विषलेशण गरेकोप्रति असन्तुष्ठी जनाउदै केही संचारकर्मीले गरेको गलत कामको सजाय इमान्दारहरुले पाउन नहुने बताउनुभयो । पत्रकार सम्मेलनमा नेकपाका स्थायी कमिटी सदस्य युवराज ज्ञवालीको पनि सहभागिता रहेको थियो ।

Advertise with us