पोखरामा ‘युथ इन एक्सन’ कार्यक्रम हुने

Advertise with us

दाङ, जेठ ६ । दी आर्ट अफ लिभिङ नेपालले पोखरामा ‘युथ इन एक्सन’ गर्ने भएको छ । युवा उद्यमशिलता विकास गर्नका लागि ‘अध्यात्म, उद्यमशिलता र गतिशिलता’ नाराका साथ ‘युथ इन एक्सन’ कार्यक्रम गर्न लागेको दी आर्ट अफ लिभिङ दाङकी माया बुढाथोकीले बताउनुभाये । पोखरामा आयोजना गरिएको ‘युथ इन एक्सन’ परियोजना अन्तर्गत तीन दिने युवा सम्मेलन कार्यक्रम हुनेछ ।

Buddha International Hospital

Advertise with us

पोखराको माटेपानीस्थित एसआर केसी क्याटरिङ एण्ड पार्टी प्यालेसमा हुने बुढाथोकीले जानकारी दिनुभयो । कार्यक्रम आउँदो जेठ १६ गतेदेखि १८ गतेसम्म हुने उहाँको भनाई छ । कार्यक्रममा एक हजार बढी युवाहरु सहभागि हुनेछन् । कार्यक्रममा सहभागी हुन दाङबाट पनि युवाहरु पोखरा जाने दी आर्ट अफ लिभिङ दाङले बताएको छ । कार्यक्रममा आध्यात्मिकतासँग सांस्कृतिक, सामाजिक र आर्थिक विषयहरुमा युवाहरुलाई नेपालका प्रख्यात मोटिभेसनल स्पिकरहरुले सहजीकरण गर्नेछन् ।

युवाहरुलाई उद्यमशिलतामा लाग्नका लागि प्रेरित गरेर नेपालमै बसेर भविष्य निर्माण गर्न सकिन्छ भन्ने आत्मविश्वास जगाउन कार्यक्रम गर्न लागिएको दी आर्ट अफ लिभिङ दाङका निष्ठा न्यौपानेले बताउनुभयो । युवा दृष्टि र सोंचमा सकारात्मकता उजागर गर्दै उनीहरुको रचनात्मक बिचार, उर्जा र विज्ञताको राष्ट्र निर्माणमा भरपुर उपयोग गर्नका लागि कार्यक्रम फलदायी हुने विश्वास लिइएको छ । तीन दिनसम्म हुने कार्यक्रम दैनिक तीन चरणमा हुने जनाइएको छ ।

आयोजकका अनुसार विहानी शत्र, दिवा शत्र र सन्ध्या शत्र गरि तीन चरणमा हुनेछ । विहानी शत्रमा दी आर्ट अफ लिभिङको विश्व प्रसिद्ध ह्याप्पीनेस कार्यक्रम हुनेछ । जसमा सहभागिलाई आत्यात्मिकताको परिचय, योग, प्रणायाम र ध्यानका साथै सुदर्शन क्रिया सिकाइन्छ । दिवा शत्रमा ‘युवा नेतृत्व तथा उद्यमशिलता कार्यशाला’ हुनेछ ।

सन्ध्या शत्रमा सहभागिहरुलाई आ–आफ्ना भौगोलिक र सांस्कृतिक परिचय दिने गीतहरु, नृत्य र झाँकी प्रदर्शन गर्न सांस्कृतिक कार्यक्रम आयोजना हुनेछ । कार्यक्रममा सहभागी हुनका लागि तीन हजार रुपैया शुल्क लाग्ने आयोजकले बताएको छ । सो शुल्कमा सम्पुर्ण व्यवस्था मिलाईएको छ । कार्यक्रममा जुन सुकै क्षेत्रका १८ वर्षदेखि ३५ वर्ष भित्रका युवाहरु सहभागी हुन सक्ने भएकाले ईच्छुक ब्यक्तिहरुले सम्पर्क राख्न समेत दी आर्ट अफ लिभिङ दाङले आग्रह गरेको छ ।