देविकोटमा पानीको हाहाकार 

तिर्थराज ज्ञवाली
जेष्ठ ५, दाङ | देविकोट मुस्लीम गाउँका ३६ घरधुरीलाई बढ्दो गर्मीमा पानीको अभावले पीरोल्दै गयपछि मुस्लीमगाउँको समस्या लिएर गोपाल मियाको एक टोली राप्ती गाउँपालिका आएर अध्यक्ष संग समस्या जगजाहेर गरे ।
Advertise with us

समस्या सुनेपछि राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिले वडा नं ९ का अध्यक्ष  रिमबहादुर सुनारी मगरलाई फोन गरि यथार्थता बुझेपछि पहाडि देविकोट मुस्लीम गाउँ क्षेत्रका हरेक घरले तत्काल न्युनतम आवस्यकता अनुसारको पानी पाउने बातावरण मिलाउन र सोको ब्यवस्था गर्न निर्देशन दिनुभयो  जसले बढ्दो खडेरीको बेला देविकोट मुस्लीम गाउँका ३६ घरधुरीको आगन आगनमा पानी हरेक विहान साझ ड्रमका ड्रम पुगेको छ ।

Buddha International Hospital
राप्ती गाउँपालिका वडा नं ९ कोट देविकोट मुस्लीम गाउँ, तल्लोटोल, माझटोल, करबराई टोल, ओख्ले टोल, नौटोला, पैरोटोल, घाटटोलका ३६ घरलाई धावखोला बाट  टेक्टरमा पानी ल्याई पानीको ब्यवस्था मिलाईएको छ ।
राप्ती गाउँपालिकाले दैनिक रुपमा २ पटक विहान र साझ करिव आठ किलोमिटर टाढा धावखोला, बेबरे र थापाटोलका पानीका मुलबाट ड्रममा पानी ल्याई घर घरै वितरण गरिएको वडा नं ९ का प्राविधिक मान बहादुर जिसीले जानकारी दिनुभएको छ । जीसीले दैनिक करिव सात हजार लिटर पानी वितरण भैरहेको जानकारी समेत दिनुभएको छ ।
हरेक दिन गाउँलेहरुले आफ्नो आवस्यकता अनुसार पालो गरि विहान र बेलुका भाडाहरु लोड गरि पानी ल्याई दैनिक ब्यवहार चलाईरहेको र गाउँपालिकाले टेक्टरको ब्यवस्था गरिदिदा नागरिक खुसी भएको पहिले पानीको समस्या लिएर गाउँपालिका आउनुभएका गोपाल मियाको भनाई छ ।
यस वर्ष लामो खडेरी तथा  नजिकका पानीका मुहानहरु चक्रक्कै सुक्दा पानीको पीरलो परेको देविकोटका स्थानिय बासिन्दा एवं  ब्यवसायी दिनेश वलीले बताउनु भउको छ  । वलीले राप्ती गाउँपालिकाले उपलब्ध गराएको टेक्टर बाट ढुवानी गरिएको पानीले घर खर्चत चल्ने तर ब्यवसायलाई समस्या रहेको समेत वताउनु भएको छ ।

Advertise with us