दाङको नाका क्षेत्रमा सुरक्षा व्यवस्था कमजोर, हतियार सहित नेपाल छिर्छन भारतीय एसएसबी

Advertise with us


दिवाकर पोख्रेल
देउखुरी, जेठ ६ । भारतसंग सिमा जोडिएको नाका क्षेत्रमा नेपाली पक्षको सिमा क्षेत्रको सुरक्षा व्यवस्था कमजोर देखिन्छ । भारतीय पक्षले चार÷चार किलोमिटरमा सिमा रक्षाको लागि सुरक्षा निकाय खटाउने गरेपनि नेपाली सुरक्षा निकायको अवस्था नाजुक पाइन्छ । दाङ जिल्लाको भारतसंग सिमा जोडिएका ३४ वटा खुला सिमाना पर्दछन । भारतीय पक्षले सबै सिमानामा मजवुद सुरक्षा व्यवस्थापन गर्दा नेपाली सुरक्षा निकायको छ वटा नाकामा मात्रैे उपस्थिति देख्न सकिन्छ ।

Advertise with us

Buddha International Hospital

बाँकी नाकाबाट जतिबेलापनि सहजै एक अर्को देशमा आवतजावत गर्न सकिन्छ । सना कच्ची घर त्यसमा पनि घरले छाएको बल लगाउँदा भत्कने घरमा बसेर नाकामा प्रहरीले सुरक्षा दिइरहेको छ । बिधुत छैन, सञ्चारसेट चार्ज गर्न सोलारको भरपर्नुपर्छ । जिल्लामा सम्पर्क गर्न खोज्दा प्रहरी चौकीबाट सिधै सम्पर्क हुदैन, अग्लो डाँडोृ खोज्दै सेट लिएर हिंडनुपर्छ । चार वटा स्थायी र दुईवटा अस्थायी प्रहरी पोष्ट सीमा नाकामा छन् । भैसाही, खांग्रा, कोइलाबास र मुसीनाका स्थायी प्रहरी चौकी र डगमारा र सिरीया अस्थायी प्रहरी पोष्ट हुन् । न कुनै बलियो भौतिक संरचना छ, न पर्याप्त जनशक्ति, हतियार, न घरपर्दो सञ्चार सुविधा नै ।

कमजोर सुरक्षा अवस्थाको फाइदा उठाउँदै नाकाक्षेत्रमा गैरकानुनी गतिबिधि पनि हुने गर्दछन । दुइ महिना पहिले मात्रै भौवा नाकाबाट हतियार बनाउने कारखानामै प्रहरीले छापा मारी हतियार बनाउने व्यक्ति र सामान जफत ग¥यो । नाका क्षेत्रको नेपाली सुरक्षा व्यवस्थापनको विषयमा राजपुर गाउँपालिका वडा नम्बर ६ का वडाअध्यक्ष श्यामवहादुर रोकाले धेरैपटक सुरक्षा निकायलाई जानकारी गराएको बताउनुभयो । सिमा सुरक्षा बल राजमार्गमा गएर बस्न,े यहाँ हाम्रो नाका क्षेत्रको सुरक्षा अवस्था नाजुक हुने अवस्था मिलेको छैन ,उहाँले भन्नुभयो । जनशक्ति कम तर भूगोल ठूलो छ, त्यहि भएर सुरक्षामा हम्मेहम्मे पर्छ, वडाअध्यक्ष रोकाले भन्नुभयो ।

नागरिक तथा सीमाको सुरक्षामा निकै अप्ठेरो हुने गरेको प्रहरीहरु नै बताउँछन् । सीमाका भैसाही, खांग्रा र कोइलाबास बाहेक अरु प्रहरी चौकीमा सञ्चार सेट समेत छैन । नेपालका सीमकार्डले काम गर्दैन नाकामा । नाका क्षेत्रका सुरक्षा निकायले आफ्नो सञ्चारसेट बोकेर अग्लो खोज्दै हिडेपछि मात्रै जिल्लासंग सम्पर्क हुन्छ, जिल्लाबाट सिधै सम्पर्क हुन सक्दैन । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख बेलवहादुर पाण्डेले नाका क्षेत्रको सुरक्षा निकाय सम्पर्कमा आउन चाहेपछि मात्रै सम्पर्क हुन सक्ने बताउनुभयो । आफ्नै रेडियो सेट छ,तर प्रहरी पोस्ट र चौकीमा काम गर्दैन कुनै सूचना दिन लिन परे माथि डाँडामा आउनुपर्छ उहाँले भन्नुभयो ।

प्रहरीलाई पनि एउटा प्रहरी चौकी देखि अर्को प्रहरी चौकी जान भारतको सडम प्रयोग गर्नुपर्छ नाका क्षेत्रमा । खाद्यान्नको लागि पनि भारत जानुपर्ने बाध्यता छ । रासन पानी लिन भारतको बजार जान्छौ, एकपटकमा हप्ताभरी पुग्नगरीे ल्याउने गर्दछौ,सबै सुविधा प्रयोग गर्न भारत मै भरपर्नु पर्ने बाध्यता छ,अस्थायी प्रहरी चौकी डगमाराका इन्चार्ज अरत अधिकारीले भन्नुभयो । नाकामा जसरी भारतले सुरक्षा व्यवस्था गरेको छ त्यो अनुसार नेपालको भने कहाली लाग्दो छ । सिमा क्षेत्र सुरक्षाका लागि शसस्त्र प्रहरी कोइलावास र सुनपथरी नाकामा सिमा सुरक्षा चौकी बसेको छ । नाकामा भैसाही, डगमारा, खांग्रा, सिरिया, कोइलावास र मुसीनाकामा नेपाल प्रहरी सिमा र नागरिकको सुरक्षाका लागि खटिएका छन् ।

 

दैनिकी चलाउन आबस्यक पर्ने बस्तुहरुको आयातका लागि भारतमा भरपर्नुपर्ने र त्यो सहज नभएको भन्दै नाकाक्षेत्रका नागरिकले २०६५÷०६७ मा आन्दोलन नै गर्नुप¥यो । लमही नगरपालिकाको कर्री सामुदायिक वनमा आएर बसेर आन्दोलन गरेपछि बिस्तारै नाका क्षेत्रमा सुरक्षा व्यवस्थापन शुरु भएको स्थानीय नाका क्षेत्रका जानकार देवीराम सुनारले बताउनुभयोे ।

पुर्व अर्नाह नाका देखि पश्चिम भौवा मिर्गिया नाका सम्म कुल एक हजार एक सय घरधुरी जहाँ सात हजार जनसंख्या रहेको छ । बन्यजन्तु, काठ एवं जडिबुटी तस्करी सहजै हुन सक्ने भएको भन्दै नाकामा सिमा सुरक्षाका लागि शसस्त्र प्रहरीलाई प्रत्येक नाकामा खटाउनु पर्ने स्थानीय बताउँछन ।

भारतिय सिमा सुरक्षा बलका जवानहरु हतियार सहित नेपालका गाउँहरुमा घुम्ने गरेको भन्दै त्यसलाई रोक्न सरकारले उच्च स्तरको बार्ता गर्नु तर्क गर्नुहुन्छ, नपाल कम्युनिष्ट पार्टी (नेकपा) राजपुर गाउँपालिका अध्यक्ष चक्रवहादुर खड्का । यता शसस्त्र प्ररही ज्वालामाई गढभालुबाङका सशस्त्र प्रहरी उपरिक्षक एस.पी. तुलसी दाहालले भुगोलको समस्याको कारण नाका क्षेत्रमा सुरक्षा व्यवस्थापन लाई व्यवस्थित गर्न नसकिएको बताउनहुन्छ ।

भु्गोलकै का्रण बस्न सक्ने अवस्था छैन, भौतिक पुर्वाधार छैन,सिमामा सुरक्षा व्यवस्था पुगेको छ भन्ने अवस्थामा हामी पनि छैनौै, दाहालले भन्नुभयो । भौतिक पूर्वाधार सुविधा भए आफूहरु लाई सिमामा गएर बस्ने गारो नहुने उहाँको भनाइ छ ।