पशुपंक्षी पालन व्यवसायमा युवाहरुको आर्कषण बढ्दै

टर्कीमा रमाउँदै लेखनाथ


जीतसागर जी.एम ।
दाङ, ६ जेठ ।

Advertise with us

पशुपंक्षी पालन व्यवसायमा युवाहरुको आर्कषण बढ्दै गएको छ । रोजगारीको अवसर नभएको भन्दै अधिकांश युुवा विदेशिरहेको समयमा घोराहीका एक युुवा भने फरक व्यवसायमा लागेका छन् । घोराही उपमहानगरपालिका–१५ निवासी लेखनाथ बुढाथोकीले व्यावसायिक रूपमा थालेको टर्की पालन व्यवसाय फस्टाउँदै जान थालेको छ । घोराही–७ बेसाहीमा १६ कठ्ठा जग्गा भाडामा लिएर व्यवसाय सुरु गरेका उनले करिब ४५ लाख लगानीमा टर्की पालन व्यवसाय गरेका हुन् ।

Buddha International Hospital

जिल्लामै पहिलो पटक व्यवसायीक रुपमा टर्की पालन गरेका बुढाथोकीले यसरी व्यावसायिक रूपमा टर्की पालन गरेको पश्चिम नेपालमा नै पहिलो भएको दाबी गरेका छन् । उनले भने– यसरी व्यावसायिक रूपमा नै टर्की पालन सुरु गरिएको पहिलो पटक हो, केही मात्रामा घरमा टर्कि पालन गरिए पनि व्यावसायिक रूपमा टर्की पालन भएको छैन ।

घोराही उपमहानगरपालिका–७ बेसाहीमा जग्गा भाडामा लिएर टर्की पालन गरेका उनको फर्ममा अहिले ७ सय टर्की छन् । टर्की हेरचाहका आफूसँगै दुईजना सहयोगी राखेका उनले बताए । उनले भने– घरपरिवारको पनि साथले व्यवसाय फस्टाउँदै गएको छ , व्यवसाय शुुरु गरेदेखि घाटा सहनुु परेको छैन् ।

नयाँ व्यवसाय गर्ने उद्देश्यका साथ ‘कालिका देवी पोल्ट्री फर्म’ को नाममा उद्योग दर्ता गरेर जिल्लामै पहिलो पटक टर्की व्यवसाय पालन सुरु गरेको बुढाथोकीले बताए । उनले भने–अरुले गरेको व्यवसाय भन्दा फरक व्यवसाय गर्ने उद्देश्यले आफू छुु, मैले गुगलको अध्ययनबाट टर्की व्यवसाय सुरु गरेको हुँ,” बुढाथोकीले भने – टर्कीका बारेमा गुगलमा अध्ययन गरेर व्यवसाय सुरु गर्दा शुुरुमा केहि अफ्ठेरो हुुन्छ कि भन्ने थियो तर भएन ।

टर्कीको मासु सबै रोगका बिरामीले खान मिल्ने भएकाले पनि यसतर्फ आकर्षण बढेको उनले बताए । “सुगरदेखि क्यान्सरसम्मका बिरामीले यसको मासु खान मिल्छ,” बुढाथोकीले भने । बजारमा टर्कीको अत्याधिक माग रहेको उनले बताए । टर्की बिक्री गर्न कुनै समस्या छैन , पालेका धेरै टर्की खोरबाट नै बिक्री भएका छन् उनले भने– केही मात्रामा काठमाडौं र बुटवलमा पठाउने गरेको छुु । “अहिले टर्की खोज्न आउने कतिपयलाई छैन भन्दै फर्काउनु पर्ने बाध्यता छ,” बुढाथोकीले भने । टर्कीको माग पर्यटकीय क्षेत्रमा बढी हुने गरेको उनले बताए ।

टर्की अहिले जिउँदो प्रतिकेजी ७ सय ५० रुपैयाँमा र तयारी मासु प्रतिकेजी १ हजार रुपैयाँमा बिक्री हुने गरेको छ । उनका अनुुसार टर्कीको बजार राम्रो भए पनि पाल्नका लागि भनेजति बच्चा पाउन समस्या छ । थोरै–थोरै टर्कीका बच्चा ल्याएर हुर्काउन समस्या हुने गरेको उनले बताए । बुुढाथोकीले टर्कीका बच्चा काठमाडौंबाट ल्याउने गरेका छन् । टर्कीका बच्चा पाउनै समस्या भएपछि लोकल कुखुरा पनि पालन गरेको उनले बताए । “मैलै सबै टर्की पालन गर्ने सोच बनाएको थिएँ भनेजति बच्चा पाउन नसके पछि लोकल कुखुरासमेत पालन गरेको हुँ,” बुढाथोकीले भने ।

राज्यले नयाँ कार्य थालनी गर्नेलाई सहयोग गर्नुपर्ने उनको माग छ । अहिलेसम्म उनले राज्यबाट कुनै पनि सहयोग पाउन सकेका छैनन् । विदेशबाट लोकल टर्की ल्याउन प्रयास गरे पनि ल्याउन समस्या भएको उनको भनाइ छ । यसका लागि राज्यले सहयोग गरिदिनुपर्ने उनले बताए । “राज्यले केही गर्छु भन्नेलाई प्रोत्साहन गर्नु प¥यो,” बुढाथोकीले भने । लोकल कुखुराजस्तै टर्की पाल्न सकिने उनको अनुभव छ । टर्कीलाई करिब ७० प्रतिशत घाँस चाहिने हुँदा बोइलरमा जस्तो दाना पानीमा धेरै भार नपर्ने उनले बताए । टर्कीलाई ३० प्रतिशत मात्रै दाना चाहिने उनले बताए ।

टर्कीको सबैभन्दा मनपर्ने खाना दुबो हो, बुढाथोकीले भने–त्योबाहेक अन्य घाँस बर्थिम, मेथी, मकैचरी, विकसित नयाँ जातका घाँस पनि हुन् ।” औसत आयु दुईदेखि चार वर्षसम्म रहने टर्की ६ महिनाको अन्तरमा ८ किलोसम्मको हुने गरेको उनको भनाइ छ । तर २ वर्ष जति पाल्दा एउटा टर्की १४ देखि १७ किलोसम्मको हुने उनले बताए ।

Advertise with us