पोषणको उत्थानशिलका लागि गोष्ठी


तुलसीपुर, ६ जेठ ।

स्वास्थ्यका लागि पोषण सुरक्षालाई विशेष ध्यान दिनुपर्ने एक कार्यक्रममा सहभागीले बताएका छन् । दाङको राजपुर गाउपालिकाको वडा नम्बर ३ मा आइतबार भएको वडा स्तरिय पोषण संवेदनशिल, उत्थानशिल गोष्ठीका सहभागीले यस्तो बताएका हुन् ।

Buddha International Hospital
Advertise with us

गोष्ठीका सहभागी स्वास्थ्य तथा विभिन्न क्षेत्रका प्रमुख एवं प्रतिनीधिले स्वस्थ स्वास्थ्यका लागि पोषण सुरक्षामा ध्यान दिन दिनुपर्ने बताएका छन् । वडा नम्बर दुईका वडा अध्यक्ष दुर्गाप्रसाद शर्माको अध्यक्षतामा भएको गोष्ठीमा बेला स्वास्थ्य चौकीका प्रमुख सचिन्द्र यादव, महिला स्वास्थ्य स्वयं सेविका, आमा समुहका अध्यक्ष, ग्रामिण नमुना कृषक समुहका प्रतिनिधी, प्रहरी चौकीका इन्चार्ज, विद्यालयका शिक्षक तथा प्रतिनीधि, स्वास्थ्य संस्थाका कर्मचारी र वडाका जनप्रतिनीधिहरुको सहभागीता रहेको थियो ।


गोष्ठीमा सुआहाराका मातृशिशु तथा जेसी अधिकृत आनन्द कर्णले १ हजार दिनमा बालबालिकाको वृद्धिदर ८० प्रतिशत हुने भन्दै पोषणमा विषेश ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले पोषण शिक्षामा उत्थानशिलता अनिवार्यता भएको बताउनुभयो । गोष्ठीमा सुआहाराले बिगतमा तयार पारेको योजनामा पोषण र स्वास्थ्य विषयलाई समेट्नुपर्ने र नयाँ दस्ताबेज तयार पारी वडा कार्यालयलाई बुझाउने निर्णय समेत भएको छ । वडा कार्यालयले सहजीकरण गरेको गोष्ठीको थप व्यवस्थापन र सहयोग सुआहाराका फिल्ड सुपरभाइजर अरबिन्द चौधरीले गर्नुभएको थियो ।।