‘चिनिँया माल’ले हल्लायो घोराही बजार

सस्तोमा सामान किन्नेहरुको ओईरो, दाङ चेम्बर आफ कमर्शको विरोध

नवीन अभिलाषी
दाङ, जेठ ५ । घोराहीको बैंक रोडमा एक सातादेखि सञ्चालनमा रहेको ड्रिम्स क्लोथिङ एण्ड ट्रेडर्स प्रालीले हरेक बस्नुहरु ६ सय रुपैँयामा विक्रि वितरण गर्न थालेपछि ठुलो हलचल पैदान भएको छ । ड्रिम्स क्लोथिङ एण्ड ट्रेडर्सले सम्पुर्ण कपडाहरु, कोठा सजावटका कपडा, पर्दा, तन्ना, ब्वाङकेट, बालबालिकाहरुको लागि खेलौनाहरु प्रति सामान ६ सय रुपैँयामा विक्रि गरेको छ ।

Buddha International Hospital
Advertise with us

सुपथ मुल्यमा सम्पुर्ण सामानहरु पाईने भएपछि ग्राहकहरु रोईरो लागेका छन् । घोराही बैंक रोडमा रहेका फेन्सी पसलहरु सुक्ने गरी ग्राहक ड्रिम्स क्लोथिङ एण्ड ट्रेडर्समा भिड देख्न सकिन्छ । तर अर्को तर्फ भने विरोध भैरहेको छ । दाङ चेम्बर अफ कमर्श र त्यससँग सम्बन्धीत व्यवसायी एवं ब्यापारीहरुले ड्रिम्स क्लोथिङ एण्ड ट्रेडर्स नामको फर्मबाट चिनियाँ नागरिकको लगानीमा सञ्चालन भएको भन्दै विरोध जनाएका छन् ।

दाङ चेम्बर अफ कमर्शका अध्यक्ष दीपक सुबेदीले नेपाली नागरिकको नामबाट कागजी प्रक्रिया पूरा गरी चिनिया नागरिकले सिन्धुपाल्चोकका नागरिकलाई तलवमा राखेर पसल सञ्चालन गरेकोले विरोध गरेको बताउनुभयो । विदेशी नागरिकले नेपाल भित्र व्यापार व्यवसाय गर्नको लागि आवश्यक प्रक्रिया पूरा गर्नुको साटो सिन्धुपाल्चोकका नेपाली नागरिकलाई तलबमा राखेर उनीहरुकै नाममा कम्पनी खडा गरि पसल सञ्चालन गरेको अध्यक्ष सुबेदीले बताउनुभयो । यस्तो कार्यले आम फेन्सी व्यवसायीहरुको व्यापार व्यवसायमा नकारात्मक प्रभाव पर्न गएको दाङ चेम्बर आफ कमर्शले बताएको छ ।

‘यदि विदेशीले लगानी गरेको हो भने, वैदेशिक लगानी ऐन अन्र्तगत छुट्टै प्रक्रिया मार्फत आउनुपर्छ, पसल सञ्चालन प्रति हाम्रो कुनै आपत्ति हैन ।’ अध्यक्ष सुबेदीले भन्नुभयो, ‘चिनिया लगानी हो भने छानविन हुन आबस्यक छ भनेर स्थानीय सरकार घोराही उपमहानगरपालिकामा हामीले निबेदन दर्ता गराएका छौँ ।’

पसल सञ्चालक सिन्धुपाल्चोक निबासी पेमछोकी शेर्पाले आफुले सम्पुर्ण कानुनी प्रक्रिया पुरा गरेर पसल सञ्चालन गरेको बताउनुभयो । दाङमा मात्र नभई पोखरा, चितवन, विराटनगर, विर्तामोडमा पनि शाखा सञ्चालन गरेको र काठमाण्डौका विभिन्न स्थानमा ५ वटा पसलहरु सञ्चालन गरेको शेर्पाले बताउनुभयो । ‘कम्पनी रजिष्टारको कार्यालय काठमाण्डौमा दर्ता भएर देशका विभिन्न जिल्लामा सञ्चालन भएको छ, घोराहीमा पनि मैले भ्याटमा पसल दर्ता गरेको छु ।’ शर्माले भन्नुभयो ।

दाङ जिल्ला उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष रामदयाल गुप्ताले सम्पुर्ण विधि र प्रक्रिया पुरा गरेर पसल सञ्चालन गरेका कारण कुनै विरोध आबस्यक नभएको बताउनुभयो । ड्रिम्स क्लोथिङ एण्ड ट्रेडर्स उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष रामदयाल गुप्ताकै घरमा सञ्चालन भएको छ । घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले पनि पसल विधि अनुरुप दर्ता भएकाले विरोध गर्न आबस्यक नभएको बताउनुभयो ।