द्धन्द्ध पीडित महिलाको अधिकार, सुरक्षा र न्यायमा पहँुचबारे छलफल

घोराही, ५ जेठ । मानव कल्याण तथा वातावरण संरक्षण मञ्चकोे आयोजनामा द्धन्द्ध पीडित महिलाहरुको अधिकार, सुरक्षा र न्यायमा पहँचबारे घोराहीमा छलफल गरिएको छ । कार्यक्रममा बोल्ने सहभागिहरुले द्धन्द्ध पीडितहरुलाई शिक्षा, स्वास्थ्य र रोजगारीमा पहुँच पु¥याउने खालका कार्यक्रम ल्याउनको लागि सरोकारवाला निकायसँग आग्रह गरेका थिए ।

Buddha International Hospital


Advertise with us
कार्यक्रममा बोल्दै घोराही उपमहानगरपालिकाकी उपप्रमुख सीता सिग्देल न्यौपानेले अव सबै राजनीनिक आन्दोलन सकिए पनि द्धन्द्ध पीडितको घाउ नसकिएको भन्दै चिन्ता व्यक्त गरिन् । उनले द्धन्द्धमा आफन्त गुमाएकाहरुलाई परेका विभिन्न समस्याहरु समाधान गर्नको लागि आफुहरु तयार रहेको समेत बताइन । उनले द्धन्द्ध पीडितहरुले आय आर्जन र जीविको पार्जनको लागि विभिन्न कार्यक्रम भएको हुदाँ उनीहरुलाई उपमहानगरपालिकामा सम्पर्क राख्नको लागि समेत अनुरोध गरिन ।


मानव कल्याण तथा बातावरण संरक्षण मञ्चकी उपाध्यक्ष राधा अधिकारीको अध्यक्षता एवम उपमहानगरकी उपप्रमुख सीता सिग्देल न्यौपानेको प्रमुख आथित्यमा भएको कार्यक्रममा महिला अधिकारकर्मी लक्ष्मी न्यौपानेले द्धन्द्ध पीडितको अधिकार, सुरक्षा र न्यायमा पहुचको विषयमा कार्यपत्र प्रस्तुत गरेकी थिइन ।


कार्यक्रममा अधिकारकर्मी साजिदा सिद्धिकी, हुमा डिसी, विनोद केसी, द्धन्द्ध पीडित सोमकुमारी चौधरी, द्धौपदा न्यौपाने, वडा नम्वर १५का अध्यक्ष रमेश पाण्डे, पत्रकार शरद अधिकारी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।