कटाई-सिलाई तालिम शुरु

दाङ्ग,५ जेठ । घोराही उपमहानगरपालिका ५ मा महिलाहरूका लागी कटाई-सिलाई सम्बन्धी एक महिने एडभान्स तालिम सञ्चालन भएको छ । वडाको आर्थिक सहयोग तथा नारी सीप विकास केन्द्रको आयोजनामा तालिम सुरु भएको हो । वडाअध्यक्ष विष्णुमणी दहालको अध्यक्षतामा भएको कार्यक्रमको उदघाटन घोराही उपमहानगरपलिका उपप्रमुख सीता सिग्देल न्यूपानेले गर्नु भएको हो ।

Buddha International Hospital

Advertise with us

तालिमको उध्घाटन गर्दै नगर उपप्रमुख न्यौपानेले तालिमबाट सिकेको सीपलाई महिलाहरुले आय आर्जनका रुपमा व्यवहारका रुपमा प्रयोग गर्ने बताउनु भयो । साथै महिलाहरु श्रीमान माथि आश्रित हुंदा घरपरिवारबाट हेपिनु पर्ने सृजना भएको हुन्छ तसर्थ सीपलाई व्यवहारमा परिणत गर्न सके महिलहरु आत्मनिर्भर हुने बताउनु भयो ।

कार्यक्रममा घोराही उपमहानगरपलिका सामाजिक विकास शाखा प्रमुख मोती विश्वकर्मा ,घोराही उपमहानगरपलिका नगर कार्यपालिका सदस्य डिल्ली नेपाली,घोराही ५ की वडा सदस्य तुलसी खड्का लगायतले आफ्नो भनाइ राख्नु भएको थियो ।

तालिमको बारेमा नारी सीप विकास केन्द्रकी अध्यक्ष विष्णु थापाले जानकारी गराउनु भएको थियो भने कार्यक्रमको सहजीकरण वडा सचिव लक्ष्मण अधिकारीले गर्नु भएको थियो । एक महिना सम्म चल्ने तालिममा २० जना महिलाहरुको सहभागिता रहेको छ ।