सामुदायिक विद्यालयमा गुणस्तरीयता कायम हुँदैछ : श्रेष्ठ

नारायणपुर, जेठ ५ । प्रदेश सभा सदस्य अर्जुन कुमार श्रेष्ठले सामुदायिक विद्यालयको शिक्षामा गुणस्तरीयता कायम गर्न प्रदेश सरकार लागिपरेको बताउनु भएको छ । शिक्षा चेतना र विकासको सोपान भएकाले यसमा देखिएका कमी कमजोरी हटाउँदै सरकार अघि बढेको बताउनु भएको हो ।

घोराही उपमहानगरपालिका १० नारायणपुरस्थित श्री सिद्ध रत्ननाथ माध्यमिक विद्यालयको ५३औं वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथिसमेत रहनु भएका प्रदेश नम्बर ५का सांसद श्रेष्ठले विद्यालय र अभिभावकको सुमधुर सम्बन्धबाट मात्रै विद्यार्थीले असल शिक्षा प्राप्त गर्ने हुँदा यस तर्फ ध्यान पुर्याउन अभिभावक र विद्यालयलाई आग्रह गर्नु भयो । उहाँले विद्यार्थीले कस्तो शिक्षा प्राप्त गर्ने भन्ने कुरा विद्यालयबाट लिने भएपनि समाजमा कसरी जिउनु पर्छ भन्ने संस्कारका कुरा परिवारमा सिक्ने भएकाले दुवैको उत्तिकै भूमिका हुने जिकिर गर्नु भयो । केही वर्षयता संस्थागत विद्यालय सरह सामुदायिक विद्यालयको शैक्षिक स्तर सुधारका लागि राज्यले लगानीमा विशेष ध्यान दिएको बताउँदै उहाँले अवको केही वर्षका नेपालमा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर गर्व गर्न लायक बन्ने दावी गर्नु भयो ।

Blog Post Ad

 

Blog Post Ad

विद्यालय व्यवस्थापन समिति अध्यक्ष चिन्ताबहादुर बुढाथोकीको अध्यक्षतामा भएको वार्षिक उत्सव तथा अभिभावक दिवसमा विशिष्ट अतिथिको आसनबाट शैक्षिक तालिम केन्द्र भैरहवा दाङका संयोजक उत्तम कुमार खनाल, घोराही शिक्षा तथा युवा महाशाखा प्रमुख विनोद गौतमले आ—आफ्नो विचार तथा शुभकामना व्यक्त गर्नु भएको थियो । यस्तै, सो अवसरमा शिक्षक महासंघ दाङका अध्यक्ष अमरबहादुर खड्का, राजनीतिक दलका प्रतिनिधि, सामाजिक संघसंस्थाका प्रतिनिधि, स्थानीय तहका प्रतिनिधि लगायतले मन्तव्य राख्नु भएको थियो । हरेक वर्ष वुद्ध पूर्णिमाका अवसरमा विद्यालयले वार्षिक उत्सव तथा अभिभावक दिवस मनाउने गरेको विद्यालयका प्रधानाध्यापक टोपबहादुर केसीले जानकारी दिनुभयो ।

 

सयौं अभिभावक, विद्यार्थी तथा शिक्षाप्रेमी उपस्थित वार्षिकोत्सको अवसरमा विद्यार्थीहरुले विभिन्न विधामा आ—आफ्नो प्रस्तुति पनि देखाएका थिए । शिक्षक प्रतिनिधि शेमशंकर गौतमको स्वागत मन्तव्यबाट शुरु भएको वार्षिकोत्सव कार्यक्रममा गतवर्ष कक्षागत रुपमा उत्कृष्ट भएका विद्यार्थीहरुलाई पुरस्कृत तथा सम्मानित गरिएको थियो । यस्तै, वार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न अतिरिक्त कृयाकलापमा उत्कृष्ट भएका विद्यार्थीहरुलाई पनि पुरस्कृत गरिएको थियो । वार्षिकोत्सवमा सहभागी सबैलाई विद्यालयको तर्फबाट विद्यालयका सहायक प्रधानाध्यापक भूपबहादुर रावतले धन्यवाद दिनु भएको थियो भने कार्यक्रमको सहजीकरण विद्यालयकि शिक्षक लक्ष्मी केसीले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *