घर जग्गामा महिलाको स्वामित्व बढ्दै

जीतसागर जी.एम.।
तुलसीपुर, ५ जेठ ।
दाङमा पछिल्लो समय महिलाको घरजग्गामा स्वामित्व बढ्दै जान थालेको छ । पुुरुषले चल, अचल सम्पति महिलाको नाममा गर्न थालेपछि घरजग्गामा महिलाको स्वामित्व बढ्न थालेको छ ।

Advertise with us

सरकारले महिलाका नाममा जग्गा रजिष्ट्रेशन गर्दा २५ प्रतिशत छुुट दिने व्यवस्था गरेपछि सम्पति महिलाका नाममा गर्नेहरु आर्कषित हुन थालेका छन् । पुुरुषले चल÷अचल सम्पति महिलाको नाममा गर्न थालेपछि घरजग्गामा महिलाको स्वामित्व बढ्न थालेको छ । दाङमा बितेको अढाई वर्षमा करिब २० हजार महिलाको नाममा जग्गा पास भएको छ ।

Buddha International Hospital

 

महिलाको नाममा जग्गा पास गर्नेहरु शहरको तुलनामा ग्रामिण स्तरमा कमि देखिएको छ । चल, अचल सम्पतिमा महिलाको पनि स्वामित्व हुुनुुपर्छ भन्ने विकास ग्रामिण स्तरमा पुुग्न नसकेको सरोकारवाला बताउँछन् । सरकारले महिलाका नाममा जग्गा रजिष्ट्रेशन गर्दा २५ प्रतिशत छुुट दिने व्यवस्था गरेपछि सम्पति महिलाका नाममा पास गर्नेहरु आर्कषित हुन थालेका छन् ।

सम्पतिमा महिलाको पनि स्वामित्व कायम हुुन थालेपछि महिलाले आफ्नो अधिकार सुरक्षित भएको महशुुस गरेका छन् भने महिलाका नाममा जग्गा रजिष्ट्रेशन गराउनेको संख्या बढ्दै जान थालेको छ । जिल्ला भुुमिसुुधार तथा मालपोत कार्यालय दाङका प्रमुुख बिनोद कुुमार पौडेलका अनुसार महिलाको नाममा पनि जग्गा रजिष्ट्रेन हुुदाँ महिला सशक्तिकरणमा ठुुलो सहयोग पुुगेको छ ।।