घोराहीमा भेस्पाको रोड शो

घोराही ,मंसिर १७। घोराहीमा स्वर्गद्वारी अटो डिस्ट्रिव्युट्रसले भेस्पा स्कुटीको बजार परिक्रमा गराएको छ । विभिन्न ७ ओटा रंगमा उपलब्ध भएको भेस्पा स्कुटीको घोराही बजार परिक्रमा गराउनुका साथै हेर्दै आकर्षक देखिने स्कुटीको प्रचार प्रसारका लागी बजार परिक्रमा गरिएको स्वर्गद्वारी अटो डिस्ट्रिब्यूट्रसका सञ्चालक संकल्प श्रेष्ठले बताउनु भयो ।

Buddha International Hospital

Advertise with us

साथै १ सय २५ र १सय ५० सिसीमा उपलब्ध भएको, विभिन्न ५ ओटा बेग्लै मोडेलहरुमा रहेको भेस्पा स्कुटीमा अन्य कम्पनीका भन्दा धेरै सेवा-सुविधा र आकर्षक रहेको जानकारी दिनुभयो ।

टियुबलेस टायर र बेजोड माईलेज रहेको भेस्पा स्कुटीको मूल्य २ लाख ६० हजार देखि ३ लाख ९६ हजार सम्म रहेको छ । औपचारिकरुपमा सँचालन नभए ता पनि बिक्री-बितरण तिव्र गतिमा भईरहेको सञ्चालक श्रेष्ठले बताउनु भयो ।

साथै घोराहीको ट्राफिक रोडमा रहेको स्वर्गद्वारी अटो डिस्ट्रिव्युट्रसले चाडै नै भेस्पा स्कुटीको शोरुम सन्चालनमा आउने बताउनु भयो| रोड शोमा २१ वटा भेस्पा स्कुटी प्रदर्शनमा ल्याईेको थियो

 

Advertise with us