बढ्न सकेनन् संयुुक्त लालपुुर्जा बनाउने दम्पति नीति राम्रो, व्यवहारीक रुपमा चुुनौति


जीतसागर जी.एम
दाङ, ४ जेठ | सरकारले पति–पत्नीमा समान हक कायम गर्न ल्याएको संयुुक्त जग्गाधनी पुुर्जा व्यवहारीक रुपमा चुुनौति देखिएको छ । श्रीमानको नाममा भएको सम्पतीमा श्रीमतीको पनि स्वामित्व बढाउन करिब ५ वर्ष अघि सरकारले ल्याएको संयुुक्त लालपुुर्जाको बारेमा सेवाग्राहीले जानकारी नपाउँदा अपेक्षित रुपमा संयुुक्त लालपुुर्जा बनाउने दम्पतीको संख्या बढ्न नसकेको हो ।

Advertise with us

Buddha International Hospital

संयुुक्त लालपुर्जाको बारेमा जानकारी कम हुुँदा मालपोत कार्यालयमा संयुुक्त लालपुुर्जा बनाउने दम्पतीको संख्या न्युुन देखिएको छ । शहरी क्षेत्रमा पनि संयुुक्त रुपमा लालपुुर्जा बनाउनेको संख्या पनि सन्तोषजनक रुपमा छैन् भने ग्रामिण स्तरमा झनै न्युुन रहेको छ –जिल्ला भुुमिसुुधार तथा मालपोत कार्यालयका प्रमुुख बिनोद पौडेलले बताए ।

संयुक्त लालपुर्जा लिएपछि श्रीमान–श्रीमती दुवै सम्पत्तिको मालिक हुन्छन तर सेवाग्राही सम्म जानकारी पुुग्न नसक्दा संयुुक्त जग्गा पास गर्ने जोडी बढ्न सकेका छैनन्–उनले भने । उनका अनुुसार चालुु आर्थिक वर्षको पाँच महिनाको अवधिमा पाँच दम्पतीले मात्रै सयुुक्त लालपुुर्जा बनाएका छन् ।

नीति लागुु भएको शुुरुमा केहि आशलाग्दो देखिएपनि पछिल्लो समय उल्लेखित रुपमा बढ्न नसकेको उनले बताए । ‘प्रभावकारी रुपमा संयुुक्त लालपुुर्जा बनाउने जोडी बढ्न सकेका छैनन् , प्रचार ग्रामिणस्तर सम्म पुुग्न नसक्दा होला शहरी इलाकाका दम्पति संयुुक्त लालपुुर्जामा केहि उत्साहीत देखिएपनि ग्रामिण स्तरसम्म पुुग्न सकेको छैन्’—उनले भने ।

संयुुक्त लालपुुर्जा बनाउँदा राजश्व पनि एक सय मात्रै लाग्ने व्यवस्था छ–उनले भने तर पनि सम्पतिमा दम्पतिको समान अधिकारका लागि संयुुक्त लालपुुर्जा बनाउने जोडी अपेक्षित रुपमा बढ्न सकेको छैन् ।

श्रीमान अथवा श्रीमती एकको नाममा मात्र हुुँदा सम्पतिको हिनामिना हुुन सक्ने भएकाले पनि संयुुक्त लालपुुर्जा नीति राम्रो रहेको उनले बताए । सम्पतिमा महिलाको पनि स्वामित्व बढाई महिला र पुुरुषको समान अधिकार स्थापित गराउन सरकारले आर्थिक वर्ष ०६७÷०६८ मा संयुुक्त लालपुुर्जा बितरणको अवधारणा ल्याएको थियो ।

ग्रामिन स्तरमा पुग्न सकेन्
सरकारी अवधारणको करिब पाँच बर्ष पुुरा हुुनै लाग्दा दाङमा करिब ३ सय जोडीले मात्रै संयुुक्त लालपुर्जा बनाएका छन् । सम्पतिमा समान अधिकारका लागि संयुुक्त जग्गाधनी बनाउने अधिकांश शहरका छन् भने थोरै मात्रै ग्रामिण स्तरका छन् भुुमि अधिकार मञ्चका सचिव बालकृष्ण चौधरीले बताए । प्रचार÷प्रचार अभावमा अझै पनि ग्रामिण स्तरमा संयुुक्त लालपुर्जा बनाउने जोडी बढ्न सकेका छैनन् –उनले भने ।

नेपालको संविधान भाग–३ को मौलिक हक र कर्तब्य अन्तर्गत समानताको हक धारा १८ मा महिलालाई सम्पत्तिको अधिकार र समानताको अधिकार सुनिश्चित गर्न व्यवस्था भएपनि व्यवहारीक रुपमा चुुनौति देखिएको हो । सरकारले पाँच वर्ष अघि ल्याएको संयुुक्त लालपुुर्जा नीति राम्रो भएपनि व्यवहारिक रुपमा चुुनौति देखिएको छ ।

महिला अधिकारकर्मिको सक्रियतामा कमि
सरकारी निकायबाट र महिला अधिकारका क्षेत्रमा क्रियाशील ब्यक्तिहरुले बहस शुुरु नगर्दा पनि संयुक्त लालपुर्जा बनाउने दम्पति बढ्न नसकेको सरोकारवाला बताउँछन् । महिला अथवा पुरुषको नाममा रहेको सम्पत्तिको श्रीमान श्रीमतीको नाममा बनाउँदा एक सय रुपैयाँ मात्र राजश्व लाग्ने नीतिगत ब्यबस्था भएपनि सुुचनाको जानकारी ग्रामिण स्तर सम्म पुुग्न नसकेको हो ।

सम्पतिमा दम्पतिको समान अधिकारका लागि सरकारले ल्याएको संयुुक्त लालपुुर्जा नीतिबारे आफुुलाई कुुनै जानकारी नभएको जग्गा रजिष्ट्रेशनका लागि मालपोत कार्यालय दाङमा आएका घोराही उपमहानगरपालिका–५ धर्नाका शेरबहादुुर चौधरीले बताए । उनले भने –मैले पहिले जानकारी पाएको भए पनि संयुुक्त लालपुुर्जा बनाउने थिएँ, आफुुलाई त जानकारी नै भएन् तपाईले भनेपछि थाहा भयो उनले भने —हामीलाई त कसैले भनेपछि थाहा हुुने हो क्यारे , कसैबाट पनि जानकारी पाएको छैन् ।

संयुक्त लालपुर्जा बनाउँदा विभिन्न श्रीमान अथवा श्रीमती एक्लैले किनबेच गर्न नसक्ने, लालपुुर्जा बनाउँदा १ सय मात्रै राजश्व लाग्ने भएपनि जिल्लामा करिब ३ सय जोडीले बनाएपनि उल्लेख्य रुपमा अघि बढ्न नसकको भुुमिअधिकारकर्मि शान्ता नेपालीले बताईन् । उनले भनिन– हामीले महिलामा सम्पतिमाथीको अधिकार स्थापित गर्न भुुमिका खेलेका छौँ तर अझै पनि उल्लेख्य रुपमा बढ्न सकेको छैन् । सम्पतिमा दम्पतिको स्वामित्व बढाउन सरकारले ध्यान दिन जरुरी छ उनले भनिन् ।

Advertise with us