उपमहानगरले सुर्तिजन्य पदार्थ मुक्त टोललाई एक लाख दिने


तुलसीपुर, ४ जेठ | दाङको तुलसीपुर उपमहानगरपालिकाले सुर्तीजन्य पदार्थ मुक्त टोललाई एक लाख रुपैया दिने भएको छ । सुर्तीजन्य पदार्थको सेवन तथा बिक्रि वितरणमा कमि ल्याउन उपमहानगरले यस्तो योजना अघि सारेको हो ।

Buddha International Hospital
Advertise with us

उपमहानगरपालिकाले सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि अभियान थालेको तुलसीपुर नगरप्रमुख घनश्याम पाण्डेले बताउनुभयो । उहाँले ११ वटा सूचक बनाएर उपमहानगरपालिकाका सबै टोलहरुलाई सुर्तीजन्य पदार्थमुक्त टोलहरु निर्माण गर्ने योजना रहेको बताउनुभयो ।

आधारभूत जनस्वास्थ्य कामलाई प्रभाबकारी बनाउनका लागि उपमहानगरपालिकाले कार्यलाई अघि बढाईरहेको उहाँको भनाई छ । उपमहानगरको एउटा टोललाई सुर्तीजन्य पदार्थ मुक्त टोल घोषणा गर्न लागिएको तुलसीपुर उपमहानगर स्वास्थ्य महाशाख प्रमुख डा. गोकर्ण दाहालले बताउनुभयो ।

वडा नम्बर १८ को एउटा टोललाई सुर्तीजन्य पदार्थ मुक्त टोल घोषण गर्ने गरि योजना बनाएको समेत उहाँले बताउनुभयो । नेपालमा सुर्तीजन्य पदार्थ सेवनबाट बिभिन्न रोग लाग्दा उपचारमा बार्षिक ४३ अरब रकम खर्च हुने गरेको छ ।