मदन आश्रीतको सपना साकार पार्नु पर्छ ः नेता के.सी

Advertise with us


दिप्तीशिखा चौधरी

दंगीशरण जेठ, ४ |नेकपाका प्िरदेश कमिटी सदस्य गिरीराज के.सीले मदन भण्डारीको राजनितीक योगदान अबिश्मरणीय रहेको भन्दै उहाँको सपना पूरा गर्नका लागि कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । नेपाली कम्यूनिष्ट आन्दोलनलाई प्रगतिशील, आर्थीक र रामाजिक सारसहितको लोकतान्त्रीक प्रतिस्पर्धाको सिद्धान्तमा डो¥याउँने आधिकारीक दस्तावेज भण्डारीले नै दिएको भन्दै के.सीले त्यसलाई नेकपाले मार्गदर्शन सिद्धान्तको रुपमा लिन आग्रह गरेका हुन् ।

Buddha International Hospital
Advertise with us

उनले भने — “नेपाली कम्यूनिष्ट आन्दोलनका एक अग्रणी योद्धा मदन भण्डारी तथा जिवरात आश्रीतको सम्झनामा आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । तपाईहरु आज बाटै उनको सपना साकार पार्न तर्फ लाग्नुस् सरकार अनुभूती गर्न राज्यको संरचना परिवर्तन भएको वस्ती वस्तीमा मदन आश्रीतको देनलाई छोड्नुस् जनताहरुको चाहाना अनुशार जनबादि क्रान्ती अंगालेर विकाश निर्माणमा जुट्नुस् ।

” साथै उनले वि.स २०५० जेठ ३ गतेका दिन चितवनको दासढुङगामा रहस्मय जिप दुर्घटनामा भण्डारी र आश्रीतको ज्यान गएको र त्यो दुर्घटना दुर्घटना नभएर हत्या भएको दाबी गर्दै नियोजीत थियो वा सामान्य भन्ने कानुनी र तार्किक निष्र्कष जनताले अझै सुन्न नपाएको ठोकुवा गरे । दंगीशरण गाउँपालिका स्थित पार्टि कार्यालयमा आज शुक्रबार भएको २६ औँ मदन आश्रीत स्मिृती दिवशमा उनले यस्तो बताएका हन् । सो अवसरमा नेकपाका हुकुम बहादुर बस्नेतले सहिदहरुको ईच्छा, शक्तीलाई मर्न नदिई मार्ग दर्शनका रुपमा लिई पश्चिम क्षेत्रमा नेकपाको खम्बा गाड्नुपर्ने बताए ।

विकाश निर्माणका कामहरु नेकपाको सरकारले गरेपछि मैले विकाश गरेको हुँ भन्ने दावेदारहरु जन्मिनाले देशमा समस्या आएको बताए । उनले नेकपाले गरेको विकाश निर्माणका कामहरुका बारेमा जनतालाई बुझाउँन कार्यकर्तालाई आग्रह गरे । सो अवसरमा नेकपाका जिल्ला सदस्य सिमा न्यौपाने, जिल्ला कमिटी सदस्य एम.एन शाह लगाएतले बोलेका थिए ।

दंगीशरण गाउँपालिकाका नेकपाका अध्यक्ष भरत अधिकारीको अध्यक्ष्ता एंव प्रदेश कमिटीका सदस्य गिरीराज के.सीको प्रमूख आतिथ्यता तथा नेकपाका हुकुम बहादुर बस्नेतको बिशीष्ट अतिथीमा स्मिृती दिवश सम्पन्न भएको हो । दंगीशरण गाउँपालिकाका नेकपा कार्यकर्ताहरुको उपस्थिती भएको सभाको शहजीकरण गाउँपालिका नेकपाका सचिव धनविर चौधरीले गरेका थिए ।