लक्कीचार्म उपन्यासको विमोचन सभामुखले गर्ने

Advertise with us

दाङ । पत्रकार एवं साहित्यकार सविन प्रियासनको सातौ उपन्यास लक्कीचार्मको विमोचन संघीय संसदका सभामुख कृष्णबहादुर महराले गर्नु हुने भएको छ ।

Buddha International Hospital

Advertise with us

नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष समेत रहनु भएका प्रियासनले लेख्नु भएको लक्कीचार्म उपन्यासको यही मंसिर २१ गते शुक्रवार घोराहीमा हुन लागि रहेको विमोचन कार्यक्रममा प्रेमुख अतिथिकारुपमा सभामुख महरा आउने कार्यक्रम तय भएको छ ।

नेपाल पत्रकार महासंघ दाङले आयोजना गर्न लागि रहेको कार्यक्रम विहान ८ बजे महासंघकै सभाकक्षमा हुनेछ । ब्रदर्श बुक्स प्रकाशन प्रालि काठमाडौंले प्रकाशन गरेको लक्कीचार्म उपन्यास चर्चित उपन्यास पल्लवीको दोस्रो भाग हो । पल्लवीको अत्यधिक सफलताका कारण लक्कीचार्म उपन्यास लेखेको उपन्यासकार प्रियासनले जानकारी दिनुभयो ।

२ सय २५ पृष्ठको लक्कीचार्म उपन्यासको कभरपेजमा चर्चित मोडल बेबो आचार्यको तस्बिर रहेको छ भने उपन्यासको प्रचारप्रसारका लागि मोडल आचार्यको अभिनय र उपन्यासका शव्दहरु समावेश गरी तीनवटा सर्टमूभि समेत बनाइएको छ ।