उच्च अदालतमा ४ सय ३५ मुद्दा फर्छर्यौट

तुलसीपुर, ४ जेठ /
तुलसीपुर उच्च अदालतले चालु आर्थिक वर्षको साउन देखि वैशाख २७ गते सम्म ४ सय ३५ थान मुद्दा फछ्यौट गरेको छ । अदालतका नायब सुब्बा कर्णबहादुर चौधरीका अनुसार अदालतमा दायर भएका ५ सय ३ र अघिल्लो आर्थिक वर्षमा जिम्मेवारी सरेका १ सय ८४ गरी जम्मा ६ सय ८७ थान मुद्दामध्ये ४ सय ३५ थान मुद्दा फछ्यौट भई हाल २ सय ५२ थान मुद्दा विचाराधीन रहेको जानकारी दिनुभयो ।

Buddha International Hospital
Advertise with us

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा जिम्मेवारी सरेर आएका ३ सय ७३ र नयाँ दर्ता भएका ३ सय ३४ गरी ७ सय ७ थान मुद्दा मध्ये ४ सय २८ थान अर्थात ६०.५३ प्रतिशत मुद्दा फछ्योट भएको थियो ।

गत आर्थिक वर्षभन्दा यस आर्थिक वर्षमा २.७८ प्रतिशतले बढी मुद्दा फछ्यौट भएको छ । छिटो छरितो न्याय सम्पादनका लागि अदालतले नागरिक सहायता कक्ष, निःशुल्क रुपमा निवेदन लेखिदिने व्यवस्था गर्नाका साथै अदालतको सेवालाई प्रविधिमैत्री बनाइ समयमै प्रभावकारी रुपमा मुद्दा छिन्न सफल भएको अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदीले बताउनुभयो ।

उहाँले थुनुवा, तथा असहाय, आर्थिक रुपमा विपन्न बालबालिका, र महिलाका मुद्दामा वैधानिक कानून व्यवसायीको व्यवस्था गर्नाका साथै न्यायमा बाह्य पहुँच अभिवृद्धिका लागि समुदायमा अदालत र न्यायाधीशसँग भेटघाट कार्यक्रम पनि नियमित रुपमा भइरहेको बताउनुभयो ।।

Advertise with us