ग्वारखोलाको पुल निर्माण तिब्र


तुलसीपुर, ४ जेठ/
दाङका खोला तथा नदिमा निर्माणाधिन पुलको काम सुस्त गतिमा भईरहेको अवस्थामा घोराही तुलसीपुर सडक खण्डमा पर्ने पुलको काम भने तिब्रगतिमा भएको छ । निर्माण कार्य शुरुभएको एक वर्षमा नै करिब ५० प्रतिशत पुलको निर्माण सकिएको छ ।

Advertise with us

गएको आर्थिक बर्ष बैशाख देखि शुरु भएको पुलको संरचना निर्माणको काम ५० प्रतिशत पूरा भएको ईञ्जिनियर बसन्त ज्ञवालीले जानकारी दिनुभयो । कालिका रसुवा जेवी निर्माण कम्पनीले आर्थिक २०७६– ७७ मा काम सक्ने गरी जिम्मा लिएको छ ।

Buddha International Hospital

ज्ञवालीका अनुसार हाल सम्म पुलको स्टक्चरको काम ५० प्रतिशत र सुपर स्टक्चरको काम ४० प्रतिशत पूरा भएको छ । सुपर स्टक्चरको काम सम्पन्न पश्चात एप्रोन रोड र खोला नियन्त्रण गर्नको लागी जाली भर्ने काम शुरु हुने छ ।

२२० मिटर लम्बाई र १० दशमलव ५ मिटर चौडाई भएको ग्वारखोला पुलको काम यसै बर्षको कात्र्तिक सम्म पूरा गर्ने लक्ष्य रहेको उहाको भनाई छ । ग्वारखोलाको करिब दूई किलो मिटर तल अर्काे पुलको पनि ठेक्का लिएको थियो । दुईसय मिटर लम्वाई र साढेदश मिटर चौडाई रहेको पुलको काम ९७ प्रतिशत पुरा भएको ईन्जिनियर ज्ञवालीलले जानकारी दिनुभयो ।

यी दुई पुलको निर्माणको लागी कम्पनीले ४७ करोडमा ठेक्का लिएको थियो । यी दुबैपुल एकैसाथ पूरा गर्ने गरि काम अघि बढाएको उहाको भनाई छ । बर्षादको समय नजिकिए संगै पुल निर्माणको काम अधुरै रहेपछि यात्रुहरु भने त्रसित बन्न थालेका छन् ।।

Advertise with us