घोराही १६ का ५७ जेष्ठ नागरिकलाई सम्मान

घोराही,  जेठ । घोराही उपमहानगरपालिका वडा नम्बर १६ ले वडाका ५७ जना जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । चालु आर्थिक बर्षको कार्यक्रम तथा बजेट मार्फत वडामा रहेका ८० बर्ष माथीका ५७ जना जेष्ठ नागरिकहरुलाई विहिबार एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको हो ।
जेष्ठ नागरिकहरुको सम्मान सबैले गर्नुपर्छ भन्ने सन्देश दिन र स्थानिय सरकारको अनुभुती गराउन वडा कार्यालयले ५७ जनालाई दोसल्ला ओढाएर एक डिब्बा हलरिक्स र एक एक थान छाताले सम्मान गरेको हो ।

Buddha International Hospital
Advertise with us

 

वडाका कार्यबहाक अध्यक्ष जगत श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी नगर प्रमुख नरुलाल चौधरीले जेष्ठ नागरिकहरुलाई सम्मान गरेका थिए । वडाका जेष्ठ नागरिक १०३ बर्षिय टेकबहादुर मल्ललाई माला, टिका, दोसल्ला ओढाएर नगर प्रमुख चौधरी र कार्यबहाक अध्यक्ष श्रेष्ठले सम्मान गरे ।
कार्यक्रममा नगर प्रमुख चौधरीले जेष्ठ नागरिकको सम्मान पहिलो कर्तव्य भएको बताउनुभयो । जेष्ठ नागरिकहरुको सिप, ज्ञान र अनुभबलाई नयाँ पुस्ताले सिकाईकारुपमा लिनु पर्नेमा जोड दिए ।
जेष्ठ नागरिकहरुकै सम्मानमा नगरले प्रत्येक वडामा जेष्ठ नागरिक दिवासेवा केन्द्र स्थापना गर्ने योजना अघि सारेको बताए । जेष्ठ नागरिकहरुलाई एक्लो महसुस गर्नु नपर्ने भन्दै सरकारले सामाजिक सुरक्षा भत्ता सँगै विभिन्न सम्मानका कार्यक्रमहरु सञ्चालन गरेको बताए ।

वडा सरकारले आफुहरुलाई सम्मान गरेकोमा जेष्ठ नागरिकहरु खुसी देखिएका छन् । खिमेन्द्रसिंह खड्काको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजिकरण नारायणप्रसाद शर्माले गरेका थिए ।

Advertise with us