लमही खानेपानी उत्कृष्ट भएको दावि

लमही,  जेठ । एसियाली विकास बैँक ए.डि.बिका उप–निर्देशक शिवहरी पौडेलले दोस्रो सानाशहरी खानेपानि आयोजना अन्तर्गत संचालित लमही खानेपानी आयोजना उत्कृष्ट आयोजनाको रुपमा स्थापित भएको बताएका छन ।

Buddha International Hospital


Advertise with us
ए.डि.बिको मापदण्ड अनुसार आयोजनाले सबै मापदण्ड पुरा गर्न सफल भएकोमा प्रसंसा गर्दै लमही खानेपानि आयोजना एसियाली विकास बैँकको ऋण सहायताबाट संचालित आयोजना मध्य राम्रो आयोजनाको रुपमा पर्न सफल भएको धारणा राखे । दोस्रो सानाशहरी खानेपानी आयोजनाको अवधि समाप्त भईसकेको र आयोजना समाप्ती पछि डेढ बर्षको अवधिमा आयोजनाको अवस्थाको बारेमा लमही खानेपानि उपभोक्ता तथा सरसफाई संस्थाको स्थलगत अनुगमनका क्रममा पौडेलले यस्तो बताए ।


प्रमुख अतिथि समेत रहेका पौडेलले उपभोक्ताहरुको खानेपानिको स–साना मागहरुलाई सम्बोधन गर्न संस्थाले स्थानिय सरकारसंग सहकार्य गरेर अगाडी बढ्न आग्रह गरे । खानेपानीलाई देशको मुल कानुनले नैसर्गिक अधिकारको रुपमा लिएको र पानी प्रत्यकको लागी पलभर पनि नभई नहुने भएकोले माग अनुसारको आपुर्ति पुरा गर्न आयोजनाले स्थानिय सरकार संगको सहकार्यलाई अगाडी बढाउन आग्रह गरे । ए.डि.बिको मिसन टोलिले आयोजनाको अनुगमन गर्नुका साथै वर्तमान अवस्थाको बारेमा अन्र्त्क्रिया समेत गरेको हो ।

कार्यक्रम लमही खानेपानि उपभोक्ता समितिका अध्यक्ष दण्डीराम चौधरीको अध्यक्षता भएको हो । लमही खानेपानि उपभोक्ता तथा सरसफाई संस्थाका उपाध्यक्ष लिला शाहको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमो सँचालन सचिव सनम पौडेलले गरेका थिए ।

Advertise with us