महासचिव रोका उत्कृष्ट निर्माण ब्यवसायिक रुपमा सम्मानित

घोराही, मंसिर १७ । युवा ब्यवसायि शोकबहादुर रोका मगर उत्कृष्ट ब्यवसायिकारुपमा सम्मानित हुनु भएको छ । दाङ निर्माण ब्यवसायि संघका महासचिव समेत रहेका मगर केही दिन अघि घोराहीमा भएको नेपाल निर्माण ब्यवसायि महासंघ प्रदेश नम्बर ५ को प्रथम साधारण सभा तथा अधिवेसनको अवसरमा सम्मानित हुनु भएको हो ।

Buddha International Hospital

Advertise with us

प्रदेश ५ का १२ वटै जिल्लावाट प्रतिनिधिकारुपमा आएका २ सय बढि निर्माण ब्यवसायि, उद्योगि, ब्यवसायिहरुको भब्य सहभागिताका विचमा कार्यक्रमका प्रमुख अतिथि प्रदेश ५ का मुख्यमन्त्रि शंकर पोख्रेल र नेपाल निर्माण ब्यवसायि महासघ प्रदेश ५ का अध्यक्ष वलिभद्र रानाले संयुक्तरुपमा लक्ष्मि निर्माण सेवाका सञ्चालकसमेत रहेका मगरलाई टिका, खादा ओढाउनुका साथै सम्मान पत्रले सम्मान गर्नु भएको थियो ।

लक्ष्मि निर्माण सेवावाट ठेक्का लिएर विकास निर्माणमा उत्कृष्ट काम गरेको भन्दै नेपालि निर्माण ब्यवसायि महासंघ प्रदेश नम्बर ५ ले आफ्नो साधारण सभा तथा अधिवेसनको अवसरमा सम्मान गरेको हो ।