समुदाय स्वास्थ्य प्राप्ताङ्क बोर्डको समिक्षा


शान्तिनगर, ३ जेठ/
शान्तीनगर गाँउपालिकाको बाघमारे स्वास्थ्य चौकीमा स्थापना गरिएको समुदाय स्वास्थ्य प्राप्ताङ्क बोर्डको बिहिबार समिक्षा गरिएको छ । मातृशिशु र बाल स्वास्थ्यका सुचकका लागि स्थापना भएको बोर्डले एक वर्षमा प्रदान गरेको सेवा र अझ थप गुणस्तरिय सेवा प्रदान गर्नका लागि बिहीबार समिक्षा गरिएको हो ।

Advertise with us

कार्यक्रमका सहभागीले बोर्ड स्थापना भएपछि स्वास्थ्य सेवामा गुणस्तरियता थपिएको बताएका थिए । सहमागीले ग्रामिण स्तरमा स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन बोर्डले महत्वपुर्ण भुमिका खेलेको बताए । बाघमारे स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष तथा वडा अध्यक्ष फर्साराम डाँगीको अध्यक्षता एवं शान्तीनगर गाँउपालिकाका अध्यक्ष कमानसिं डाँगीको प्रमुख आतिथ्यता र गाँउपालिकाका प्रमुख प्रशसकिय अधिकृत निमबहादुर केसीको विशिष्ठ आतिथ्यतामा बोर्डको समिक्षा कार्यक्रम भएको हो ।

Buddha International Hospital

बाघमारे स्वास्थ चौकीका स्वास्थ्यकर्मी महिला स्वास्थ्य स्वयम सेविका, जनसमुदायका व्यक्तिहरु, हजार दिनका आमाहरु, व्यवस्थापन समितिका पदाधिकारीहरुको वार्षिक समिक्षा कार्यक्रमले बाघमारे स्वास्थ्य चौकीबाट प्रदान गरिने सेवाको गुणस्तरियता बढाउनका लागि जनसहभागिता मुलक कार्ययोजना तयार पारेको छ ।

कार्यक्रममा शान्तीनगर गाँउपालिकाका अध्यक्ष कमानसिं डाँगीले स्वास्थ्य चौकीबाट आगामी दिनमा प्रदान गरिने सेवा सुविधाहरु र थप गुणस्तरियता बढाउनका लागि वडा र गाँउपालिकाबाट आवश्यक सहयोग गरिने प्रतिवद्धता जनाए ।

गाँउपालिकाको नागरिकलाई सहजरुपमा स्वास्थ्य सेवा प्रदान गरि स्वस्थ राख्ने स्थानीय सरकारको भएको भन्दै स्वास्थ्य सेवालाई थप गुणस्तरिय बनाउन आवश्यक सहयोग गरिने उनले बताए । प्रमुख प्रशसकिय अधिकृत निमबहादुर केसी सुआहारले स्वास्थ्यचौकी संगको सहकार्यमा स्वास्थ्य सेवालाई गुणस्तरिय बनाउन खेलेको भुमिका महत्वपूर्ण भएको बताए ।

कार्यक्रममा सुआहाराका मातृशिशु अधिकृत आनन्द कर्णले शिशुअवस्था देखि नै पोषण सुरक्षामा ध्यान दिनुपर्ने बताए । जन्मेदेखि १ हजार दिनसम्म शिशुको ८० प्रतिशत वृद्धि विकास हुने भन्दै सानै उमेरमा बालबालिको पोषणमा जोड दिनुपर्ने उनले बताए ।

कार्यक्रममा सुहाराका पोषण अधिकृत लिलबहादुर नेपाली र फिल्ड कोर्डिनेटर सन्जय चौधरीको पनि सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण गाँउपालिकाका स्वास्थ्य शाखा प्रमुख हरि पुनले गरेका थिए ।।