राप्ती बबई क्याम्पसकी यमुना उत्कृष्ट

तुलसीपुर, २ जेठ | दाङ तुलसीपुर स्थित राप्ती बबई क्याम्पसकी यमुना घर्तीले बिबिएस प्रथम बर्षमा यस क्षेत्रकै उत्कृष्ट नतिजा ल्याउन सफल भएकी छिन् ।

Buddha International Hospital

Advertise with us

बिबिएस प्रथमवर्षको यही बैशाख २९ गते प्रकाशित नतिजा अनुसार उनले ७१ द्यशमलव ६ प्रतिशत ल्याएर यस क्षेत्रकै उत्कृष्ट हुन सफल भएको सहायक क्याम्पस प्रमुख सुर्यप्रसाद शर्माले बताए ।

उनका अनुसार यमुनाले पाँचसय पूर्णअंकमा तीनसय ५८ नम्बर ल्याउन सफल भएकी छिन् । क्याम्पसले यस अघि पनि उत्कृष्ट नतिजा ल्याउँदै आएको शर्माले बताए ।

तुलसीपुर क्षेत्रको एकमात्र सामुदायिक क्याम्पसले उत्कृष्ट नतिजा ल्याउनु क्याम्पसको गौरवको विषय भएको उनको भनाई थियो । गत भदौमा बिबिएस प्रथम बर्षको परीक्षा भएको थियो ।

शिक्षकहरुको पढाउने शैली र आफ्नो मिहेनतले नै उत्कृष्ट नतिजा ल्याउन सफल भएको यमुनाको भनाई थियो । यस अघि निजि बिद्यालयमा अध्ययन गरेकी यमुनाले निजि भन्दा सामुदायिकमा पढाउने शैली राम्रो भएको बताईन् । उनले विश्वास र आँटका साथ मेहनतले मात्रै सफल हुन सकिने भन्दै नजिता राम्रो ल्याउनुमा क्याम्पसमा आफुलाई शिक्षण गराउने गुरुहरुको राम्रो साथ पाएको बताईन् ।