संचारलाई विश्वसनिय बनाउने मुख्य मन्त्रीको आग्रह


रीता लामा
घोराही, जेठ । दाङको घोराहीबाट प्रशारण हुदै आइरहेको सुचना तथा संचार सहकारी संस्था द्धारा संचालित रेडियो मध्यपश्चिम ९१ थोप्लो ४ मेघाहर्जले आफ्नो १३ औ बार्षिक उत्सव मनाएको छ । रेडियोले बार्षिक उत्सवको अवसरमा प्रदेश ५का मुख्य मन्त्री शङ्कर पोखरेललाई समेत सहभागि गराएको थियो ।

Advertise with us


रेडियो बार्षिक उत्सवमा आफ्नो धारणा राख्दै मुख्य मन्त्री पोखरेलले मध्यपश्चिमले प्रसारण गरेका समाचारहरु निकै विश्वसनिय र भरपर्दो हुने भन्दै आगामी दिनमा पनि जनताको मन जित्नको लागि आग्रह गरे । उनले जनतालाई साचोँ सुचना दिनु नै संचार माध्यमको धर्म भएको भन्दै रेडियोले यसलाई पुर्ण रुपमा पालना गरेको बताए ।

Buddha International Hospital


जिल्लामा स्थापित पत्रकारहरुले सामुहिक रुपमा संचालन गरेको हुँदा रेडियोको विश्वसनियता दिनप्रतिदिन बढ्दै गएको औल्याए ।
उनले मिडियाको विषयमा कुरा गर्दैै भर्खरै संसदमा प्रस्ताव गरिएको मिडिया विधेयक मिडियामा प्रवेश गरेको भाइरसहरुको लागि भएको बताए । उनले पछिल्लो समयमा मिडियामा डरलाग्दो गरि संचार क्षेत्रलाई नै विगार्ने गरि मिडिया भाइरस प्रवेश गरेको भन्दै त्यसलाई हटाउनको लागि संचारका दिग्गजहरुले उपाय खोज्नुपर्ने बताए ।


रेडियोका अध्यक्ष शुसिल गौतमको अध्यक्षता एवं प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलको प्रमुख आतिथ्यता र रेडियोका संस्थापक अध्यक्ष नारायणप्रसाद शर्माको विशिष्ट आतिथ्यतामा रेडियोले स्थापना दिवस मनाएको थियो ।

रेडियोका उपाध्यक्ष मधुसुदन बैद्यको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रममा बोल्ने वक्ताहरुले सञ्चार क्षेत्रको विकास भए मात्रै सामाजिक, आर्थिक र राजनितिक विकास सहज ढंगले हुने बताएका थिए ।


संबृद्धीको सपनालाई पुरा गर्न सञ्चार क्षेत्रको सहकार्य अपरिहार्य रहेकोमा जोड दिएका थिए । सामाजिक, आर्थिक, राजनितिक सशक्तिकरणमा रेडियो भूमिका अहम रहेको भन्दै वक्ताहरुले सत्यको खोजी र गलत कार्यको उजागर गर्नुपर्नेमा सुझाब दिएका छन् ।
कार्यक्रममा सञ्चार क्षेत्रका बक्ताहरुले प्रेसलाई नियन्त्रणमा लिन खोज्नु जनताको अधिकार खोस्नु सरहको भएको बताए । सरकारले ल्याउन लागेको मिडिया काउन्सिल सम्वन्धी विधेयकका प्रावधान हटाउन माग समेत गरेका छन् ।


कार्यक्रममा संघिय संसदका सदस्य हिराचन्द्र केसी, घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनस्याम पाण्डे, प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजाल, नेपाली कांग्रेसका कोषाध्यक्ष सावित्री राना, राष्ट्रिय जनमोर्चाका अध्यक्ष गणेश आचार्य, नेकपा माओबादी क्रान्तिकारी संयोजक हिरामणि दुःखी, सामुदायिक रेडियो प्रशारक संघका प्रदेश संयोजक केपी घिमिरे, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन, नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्त र दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष नारायण भुसाल लगाएकाले रेडियो मध्यपश्चिमलाई सुभकामना दिदै सत्य र निष्पक्ष सूचना एंव समाचारको पक्षमा अडिक रहनु सुझाव दिए ।


कार्यक्रममा निबर्तमान अध्यक्ष माधबप्रसाद शर्माले धन्याबाद ज्ञापन गरेका थिए भने सहजिकरण सचिव सुदर्शन रिजालले गरेका थिए । रेडियोले स्थापना दिवसका अवसरमा उत्कृष्ठ कर्मचारीकारुपमा समाचार शाखामा कार्यरत शुसिला वली र कार्यक्रम प्रस्तोता दिपक भण्डारीलाई नगद सहित पुरस्कृत गरेको छ ।


त्यसैगरी, कालिका मेडिकल र सपना इन्टरप्राईजेजलाई उत्कृष्ठ बिज्ञापनदाताकारुपमा सम्मान गरेको । साथै स्थापना दिवसका अबसरमा आयोजित रक्तदानमा सहभागि र बक्तृत्वकला प्रतियोगितामा विजयी भएकालाई प्रमाणपत्र प्रदान गरिएको छ ।